प्रदर्शनको तयारीमा ‘ओभरडोज’
सरला बैजु
मंसिर १५, २०७८ बिहिबार ३:२०:४९
१५ मंसिर, काठमाडौं । आउँदो शुक्रबार अर्थात मंसिर १७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ओभरडोज’का अभिनेता प्रनिशराज पन्तले चलचित्रलाई दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताएका छन् । अध्ययनको शिलशिलामा विगत ७ वर्षदेखि अमेरिका बस्दै आएका पन्त चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा नेपाल आएका छन् ।
‘एकदमै मेहनत गरेको थिए । सोही मेहनत देखिने बेला भएकोले एकदमै उत्साहित छु । चलचित्रलाई दर्शकले रुचाउनेमा विश्वस्त पनि छु’ पन्तले भने । उनको यो पहिलो चलचित्र हो । उनले आफूलाई बच्चैदेखि अभिनयमा रुचि भएपनि नेपालमा हुँदा त्यो माहोल नबनेको बताए । ‘पहिले घरबाट सपोर्ट थिएन् । बाहिर गएपछि अभिनयको बाटो खुल्यो’ उनले भने ।
राम्रो चलचित्रबाट अफर आए सधै काम गर्न तयार रहेको समेत बताए । अमेरिका बस्ने दुई नेपाली युवाको कथा समेटिएको ‘ओभरडोज’ अमेरिकामै छायाँकन गरिएको छ । सुमन पौडेलको कथा एवं निर्देशन रहेको चलचित्रमा ड्रग्स र अपराधको कथा देखाउन खोजिएको छ । अभिनेता पन्तले चलचित्रमा फ्रेण्डसिप र धोकाको कथा पनि देखाईएको बताए ।
चलचित्रमा प्रनिशराजसँगै सविनजंग थापा, बिना श्रेष्ठ, सदीक्षा कार्की लगायतको अभिनय छ । दादा प्रोडक्सन हाउसको व्यानरमा निर्माण भएको चलचित्रको निर्माता जीवनकुमार केसी हुन् । गुच्ची भाईको छायांकन रहेको चलचित्रलाई साजन कार्कीले सम्पादन गरेका हुन् । चलचित्रलाई जि.जि.ए ग्रुपले उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर वितरण गर्न लागेको हो ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार