नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गरिने
नेपालबहस संवाददाता
मंसिर १६, २०७८ बिहिबार १३:२६:४४
१६ मंसिर, काठमाडौं । गोङ्गबुस्थित नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताइएको छ । नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा बुधबार वक्ताहरुले नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा कान्तिपुर मल व्यवस्थापन समितिका महाप्रबन्धक अमर निरौलाले देशको राष्ट्रियस्तरको नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । यसका लागि व्यवसायीहरु तयार रेहको उनले बताए । उनले विगत १४ वर्षदेखि कान्तिपुर मलले उपहार योजना सञ्चालन गर्दै आएको बताए ।
कान्तिपुर मल व्यापार सङ्घका अध्यक्ष जीतबहादुर कटुवालले कोरोनाले थला परेको व्यवसायलाई सरकारले विशेष सहुलियत दिनुपर्ने बताए । सोही कार्यक्रममा उपहार योजनामा प्रथम हुने काठमाडौं कपनकी यमुना वाग्लेलाई रु दुई लाख ९० हजार मूल्य बराबरको १५० सिसीको यामाहा कम्पनीको मोटरसाइकल, दोस्रो हुने चितवनका समीर भट्टराईलाई रु दुई लाख ६७ हजार ९०० पर्ने १२५ सिसीको यामाहा कम्पनीको स्कुटर, तेस्रो हुने लमजुङकी सरिता अधिकारीलाई रु ४० हजार मूल्य बराबरको टेलिभिजन र चौथो हुने चन्द्रा खड्कालाई रु २५ हजार बराबरको फ्रिज प्रदान गरिएको थियो । विसं २०६४ देखि सञ्चालनमा रहेको कान्तिपुर मलमा करिब २०० व्यावसायिक सटर सञ्चालनमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार
मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
निर्माणाधीन पदमार्ग पर्खाल
बैशाख १३, २०८१ बिहिबार
मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी
बैशाख १३, २०८१ बिहिबार
पर्यटकीय गाउँ रामकोटमा चहलपहल बढ्यो
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार