फर्स्ट माइक्रोफाइनान्सको सभाले पारित गर्यो लाभांश
नेपालबहस संवाददाता
मंसिर १६, २०७८ बिहिबार २०:२०:३९
१६ मंसिर, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सभाले लाभांश पारित गरेको छ । लघुवित्तको सभाले प्रस्तावित कुल १० दशमलव ५३ प्रतिशत लाभांश पारित गरेको हो ।
कम्पनीले बिहीबार काठमाडौंमा १२ औं वार्षिक साधारण सभा सम्पन्न गरी गत आर्थिक वर्ष २०७७/७८ को लाभांश प्रस्ताव पारित गरेको हो । कम्पनीको गत भदौ १९ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी ८७ करोड ६८ लाख ११ हजार २०० रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले रू। ९ करोड २२ लाख ९६ हजार बराबरको लाभांश वितरण गर्न लागेको हो ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ५ गते एक दिन बुक क्लोज गरेकाले मंसिर २ गते बिहीवारसम्म कायम शेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् । यस वर्ष कम्पनीले हालसम्मकै कम लाभांश वितरण गरेको हो ।
विगत पाँच वर्षको लाभांश इतिहासलाई हेर्दा पनि कम्पनीले १७ दशमलव ८९ प्रतिशतसम्म लाभांश वितरण गरेको छ । आर्थिक वर्ष २०७५र ७६ सम्मको सञ्चित मुनाफाबाट कम्पनीले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
गत आर्थिक वर्ष २०७६/७७ सालको सञ्चित मुनाफाबाट पनि ९ दशमलव ५० प्रतिशत बोनस शेयर र ४ दशमलव १८ प्रतिशत करसमेत नगद लाभांश गरी कुल १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको कम्पनीको यस वर्ष भने लाभांश कम भएको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा २८ करोड १ लाख ७१ हजार रहेको छ । उक्त अवधिसम्म कम्पनीले १४ करोड १५ लाख २८ हजार खुद नाफा गरेको छ । चौथो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १६ दशमलव १४ र प्रतिशेयर नेटवर्थ १३१ दशमलव ९५ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
बैशाख १३, २०८१ बिहिबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रपतिद्वारा हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन [ फोटोफिचर ]
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार