बाह्रबिसे कपको सेमिफाईनल समिकरण पुरा
सरला बैजु
मंसिर १७, २०७८ शनिबार १:१९:५९
१७ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा जारी बाह्रबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ ।
मंसिर १५ देखि सुरु भएको प्रतियोगितामा पुरुष एकल तर्फ सेनाका रत्नजित तामाङ्ग, नविन श्रेष्ठ र प्रफुल महर्जन तथा एपिएफका दिपेश धामी अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन् ।
रत्नले नेपाल पुलिसका दीपक बोहरालाई २१–६,२१–१० ले पराजित गर्दै सेमिफाईनलमा प्रफुल महर्जनसंगको भेट पक्का गरे । महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१–१७, २१–१४ को सेटमा पराजित गरे । अर्को खेलमा सेनाका नविन श्रेष्ठले सेनाकै रुकेश महर्जन माथि २१–१२, २१–१५ को जित निकाले । नविनले अव फाईनल प्रवेशका लाग एपिएफका दिपेश धामी संग प्रतिस्पर्धा गर्ने छन् । धामीले पुलिसका बिष्णु कटुवाललाई २१–१०, २१–१४ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् ।
पुरुष युगल तर्फ सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडीले अन्तिम चारमा स्थान बनाएका छन् । महर्जन र लिनथेपको जोडीले बालकुमारी रिमिक्सका दिप्रिस मुनी बज्राचार्य र सुमन शाक्यको जोडीलाई २१–१३, २२–२० को सेटमा पराजित गर्दै सेमिमा स्थान बनाएका हुन् । अव यस जोडीले बुटवलका सुशिल गिरी र बिवेक न्यौपानेको जोडी संग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । गिरी र न्यौपानेको जोडीले साईनो स्पोर्टस् हलका अभिषेक बोस र सुजन थापाको जोडीलाई २८–२६, २१–१६ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् । यस्तै सेमिफाईनल प्रवेश गर्ने अर्को जोडीमा कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडी रहेका छन् ।
सो जोडीले एपिएफका एशिया जवेगु र नविन सिलवालको जोडीलाई २२–२०, १२–२१, २१–१६ को सेटमा पराजित गर्दै सेमिफाईनलमा बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमित महर्जनको जोडीसंग प्रतिस्र्धा गर्ने भएका छन् । डङ्गोल र महर्जनको जोडीले बाह्रबिसेका अभिषेक गुरुङ्ग र त्रिपुरासुन्दरीका आषिश तामाङ्गको जोडीलाई २१–१८, १३–२१, २१–१४ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
बालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार
चार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला
चैत १६, २०८० शुक्रबार