इच्छाराजविरुद्ध २८४ पृष्ठको आरोप : ५ अर्ब ६७ करोड ५५ लाख बिगो दाबी
नेपालबहस संवाददाता
मंसिर १७, २०७८ शनिबार ३:०:४४
१७ मंसिर, काठमाडौं । तीन महिना लामो अनुसन्धानपछि सिभिल सहकारीको रकम हिनामिना गरेको आरोपमा पूर्वसांसद इच्छाराज तामाङविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । २८४ पृष्ठ लामो अभियोगपत्रसहित सरकारी वकिल कार्यालयले शुक्रबार मुद्दा दायर गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले तामाङलाई सिभिल सहकारीको अर्बौं रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेको थियो । गत असोज १९ मा पक्राउ परेका तामाङमाथि संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धान गरिएको थियो । प्रहरीले उनीसहित १२ जनालाई पक्राउ गरी संगठित ठगी कसुरमा अनुसन्धान गरेको थियो । प्रहरीले सो अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।
सहकारीका सल्लाहकार तथा पूर्वअध्यक्ष तामाङ, उनकी श्रीमती सिर्जना शाक्य तामाङ र हालका अध्यक्ष केशवलाल श्रेष्ठसमेतको मिलोमतोमा ८ अर्ब ५७ करोड ३८ लाख भन्दा बढी रुपैयाँ यस सहकारीबाट गैरकानुनी रुपले बिनाधितो उनीहरुका निजी हाउसिङ कम्पनीहरु (सिभिल होम्स, सिभिल अपार्टमेन्ट्स र सिभिल इस्टेट्स) मा २०६३ साल देखि विभिन्न समयमा ऋणको रुपमा लगेका र अहिलेसम्म उक्त ऋणको साँवा तथा व्याज नतिरेको आरोप उनीहरुमाथि लागेको छ ।
तर अदालतमा परेको मुद्दामा ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ ८२ पैसा बिगो दाबी गरिएको छ । उनीहरुविरुद्ध मुलुकी ऐन, मुलुकी संहिता, संगठित अपराध र कसुरजन्य सम्पत्ति रोक्का ऐनअन्तर्गत सजाय माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । सीआईबीका अनुसार उनीहरुविरुद्ध १ हजार ५ सय ३ जना पीडितले जाहेरी दिएका थिए ।
प्रहरीले कर्जा अधिकृत बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुवकेतन ढुंगाना, जुनियर सहायक प्रबन्धक एलिना तुलाधर, जुनियर सहायक प्रबन्धक मायोनानी महर्जन, लेखा अधिकृत राकेश महर्जन, जुनियर अधिकृत शंकरप्रसाद पाठक, लेखा सहायक संगीत श्रेष्ठ, सिभिल होम्सका व्यवस्थापक विजयविक्रम शाही र सहजकर्ता भगवानबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार सुमन नन्दन वैद्य, प्रवीण मुखिया, अष्टरत्न तुलाधर, प्रवीणप्रसाद प्रधान, पूर्वसदस्यहरु दानहिरा तुलाधर, रामकृष्ण पौडेल, खेमनाथ डल्लाकोटी, इन्द्रराज हुमागाईं, जयन्द्रलाल श्रेष्ठ, केशवकुमार अमात्य, दुर्गाप्रसाद संग्रौला र नगेन्द्र बिमली, लेखा समिति सदस्य सिर्जना शाक्य, लेखा समिति पूर्वसदस्य कृष्णप्रसाद श्रेष्ठ, रामराज मास्के, हरिप्रसाद रिसाल, सिभिल बिजनेस कम्प्लेक्सका सञ्चालक लालकाजी गुरुङ, उनकी श्रीमती मीना गुरुङ, सुमन श्रेष्ठ, नारायणलाल श्रेष्ठ, महाप्रबन्धक प्रकाश कुमार बर्मा, प्रबन्धक सुवास कुमार श्रेष्ठ र पूर्वउपमहाप्रबन्धक रन्जना महर्जन पनि फरार रहेका छन् । त्यसैगरी जुनियर सहायक प्रबन्धक अनु लामिछाने भन्ने अन्नपूर्ण खनाल, अधिकृत कान्तीलक्ष्मी उपाध्याय र इच्छाराजका छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङविरुद्ध पनि मुद्दा दायर भएको छ ।
सिभिल सहकारीका बचतकर्ताहरूले आफूले जम्मा गरेको रकम र त्यसको ब्याज माग गर्दा नपाएपछि प्रहरीसमक्ष उजुरी दिएका थिए । सीआईबीसमक्ष हालसम्म २०१ वटा उजुरी परेका छन् । जसका आधारमा हालसम्म सिभिल सहकारीबाट ठगिनेको संख्या एक हजार पाँच सय २० जना देखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार