हराएको ३६ वर्षमा लक्ष्मीनारायणको मूर्ति प्रतिस्थापन
सरला बैजु
मंसिर १८, २०७८ आइतबार ०:४२:४
१८ मंसिर, ललितपुर । ललितपुर महानगरपालिका–१६ पटको टोलबाट विसं २०४२ मा हराएको लक्ष्मीनारायणको मूर्ति आज प्रतिस्थापन गरिएको छ ।
नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी तथा पाटन दरबार संग्रहालय पदाधिकारी तथा नेपाल सम्पदा पुनःजागरण अभियानका सदस्य तथा ललितपुर महानगरपालिकाका जनप्रतिनिधि एवं जनताको सहभागितामा उक्त काम सम्पन्न गरिएको हो ।
राजदूत बेरीले ललितपुरको सम्पत्ति सोही समुदायमै फर्काउन पाउँदा निकै गौरवान्वित महसुस गरिरहेको भनाइ राखे । उनले भने, “अझै भेटिएका यस्ता वस्तुलाई पुनः फर्काउनेछौँ ।”
पुनःजागरण अभियानका उपाध्यक्ष कनकमणि दीक्षितले सो मूर्ति आज मन्दिरमा प्रतिस्थापन गरिनु नै पटको टोलका जनताको उत्कृष्ट र उत्साहजनक सहयोग तथा चासोको विषय रहेकामा प्रशंसा गरे । उनले भने, “यस मूर्तिलाई फर्काउन अमेरिकी नागरिक महिला जोयलिन डेभिस तथा एरिन टम्सन र अर्का व्यक्ति युग्रेन शिकको ठूलो हात रहेको छ ।”
पटको टोल सुधार समितिका अध्यक्ष वदनज्वालानन्द राजोपाध्यायले विगत विसं १९८४ मा हराएको मूर्ति फेरि चोरी हुनसक्ने कुरालाई ध्यानमा राखी आफूहरुले सिसीटिभी र साइरन तथा लेजर प्रविधिको समेत व्यवस्था मन्दिर हातामा गरेकोे बताए ।
हनुमानढोका दरबार हेरचाह अड्डा कार्यालय प्रमुख सन्दीप खनालले सो मन्दिर एक तहको पेटीमा दुईतले शैलीको पश्चिमाभिमुख रहनाका साथै सोको प्रवेशद्वारको चौकोस पनि एकदम कलात्मक रहेको बताउनुभयो । उक्त मन्दिर बाहिर ढोकामा छत्र भएको गरुड अनि मध्यभागमा नारायण मूर्तिसहित विभिन्न देवगणले भरिएको तोरणसमेत देख्न पाइन्छ ।
स्थानीयवासी विमललाल श्रेष्ठका अनुसार सो नारायण मन्दिरमा वर्षको एकपटक हरेक निर्जला एकादशीका दिन ‘नारायण गुठी’ का मानिसले गुठी चलाउनेसमेत गरेका बताए । उक्त कार्यक्रममा सो लक्ष्मीनारायण मूर्ति १२औँ शताब्दीको लिच्छिविकालमा निर्माण हुनाका साथै मन्दिर भने मल्लकालीन समयमा बनेको बताइएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
बौद्ध तेमाल जात्राको तयारी पूरा
बैशाख ६, २०८१ बिहिबार
सोमेश्वर मन्दिरमा दुई लाख बढी भक्तजनले दर्शन गरे
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार