१३ माघ २०७८, बिहीबार
नेपाल प्रहरी
नेपाल प्रहरी

एआईजी पोखरेल आईजीपीलाई थाहा नदिई सुटुक्क भारततिर

प्रकाशित मिति :  १८ मंसिर २०७८, शनिबार २३:५०


१८ मंसिर, काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक ९एआईजी० विश्वराज पोखरेल प्रहरी प्रधान कार्यालयको अनुमति बेगर सुटुक्क भारत भ्रमणमा निस्केका छन् । भावी आईजीपीको दाबी गरिरहेका पोखरेल अनुमतिबिना नै भारत भ्रमणमा निस्केका हुन् ।

‘एसएसपी हुँदा भारतस्थित नेपाली राजदूतावासमा सरुवा हुँदा पनि नगएका पोखरेल बिहीबार भारत गएका हुन् उनको बिदा भने स्वीकृत भएको छैन’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो । स्रोतका अनुसार बिहीबार सौर्य एयरलाइन्सबाट झापा हुँदै उनी भारत लागेका हुन् । झापाबाट भारतको बागडोगरा विमास्थल हुँदै उनी हैदारावादतर्फ लागेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीको अवकाशपछि महानिरीक्षक हुने प्रतिस्पर्धामा रहेका एआईजीको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

आईजीपी थापा इन्टरपोलको सभाबाट नेपाल आएलगत्तै उनी भारततर्फ जानुलाई आश्चर्यको रुपमा लिइएको छ । ‘नेपालस्थित भारतीय दूतावास र नेपालस्थित ‘रअ’ का प्रमुख राघव भाटनागरसँग पनि बेलाबखत भेटघाट गरिरहने एआईजी पोखरेल भारत गएका हुन्’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो । आईजीपी क्षेत्री र उनका ब्याचमेटहरु ०७९ वैशाख १९ मा अनिवार्य अवकाशमा जाँदै छन् ।

उनको अवकाशपछि आईजीपी बन्न विश्वराज पोखरेल र सहकुल थापाको बीचमा प्रतिस्पर्धा भइरहेको छ । एआईजी पोखरेल र थापालाई केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ दरबन्दी सिर्जना गरेर एआईजीमा बढुवा गरेको भन्दै संगठनमा आलोचना हुँदै आएको भएपनि उनी पोखरेल भने ढुक्क रहेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री पत्नी आरजु देउवा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाँणसँगको तीन पटकको बसाइपछि उनी ढुक्क भएको स्रोतको दाबी छ ।

तत्कालीन प्रहरी महानीरिक्षक उपेन्द्रकान्त अर्याल, तत्कालीन अख्तियार प्रमुख नवीन घिमिरे, बहालवाला प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा र तत्कालीन उपप्रधान तथा रक्षा मन्त्री र्इश्वर पोखरेलको आडमा बढुवा हुँदै आएका एआईजी पोखरेलले अहिले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा र गृहमन्त्री पत्नी मञ्जु खाँणलाई आफ्नो पक्षमा वकालत गर्ने तहमा पुर्याइसकेको छन् । ‘अहिले उहाँ ढुक्क हुनुहुन्छ, प्रधानमन्त्री कार्यालयबाट आएको सरुवा र बढुवाको सूचीमा आर्इजीपीलाई पनि नसोधी सही गर्दिनुहुन्छ’, मानव स्रोत विभागमा रहेका एक प्रहरी अधिकृतले भने । प्रहरी प्रधानकार्यालय स्रोतका अनुसार आईजीपी शैलेश थापालाई समेत बाइपास गरिरहेका एआइजी पोखरेल आफू प्रधानकार्यालयबाट बाहिर ननिस्कने आफूलाई भेट्न यहीँ आउनुपर्छ भन्दै आएका थिए ।

तर उनी भने पटकपटक होटल भिभान्तमा ‘रअ’ प्रतिनिधिहरुसँग भेटघाट गरिरहेको पनि स्रोतले जनाएको छ । पछिल्लो पटक नेपाल प्रहरीको सरुवा र बढुवामा बालुवाटार हावी भएको भन्दै केही प्रहरी अधिकृतहरुले गरेको गुनासोमा प्रधानमन्त्री नै बालुवाटारमा छन् उताबाट आएको सूचीलाई पन्छाउने कसको आँट भन्दै गुनासो गर्न गएका प्रहरी अधिृकतलाई फर्काएका थिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा