१० माघ २०७८, सोमबार

देउवा पक्षका उम्मेदवार बानियाँलाई सिटौला पक्षका प्रधानको समर्थन

प्रकाशित मिति :  १९ मंसिर २०७८, आईतवार १२:५९


१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदमा इन्द्रबहादुर बानियाँलाई भीमसेनदास प्रधानले समर्थन गरेका छन् ।

सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार बानियाँलाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका उम्मेदवार प्रधानले समर्थन गर्न लागेका हुन् ।

पहिलो चरणमा सभापतिका उम्मेदवार प्रधानले १९७ मत ल्याएका थिए । तेस्रो स्थानमा मत ल्याएका प्रधानले अब बानियाँलाई समर्थन गर्ने भएका छन् ।

बानियाँले ९९२ मतसहित पहिलो मत ल्याएका थिए भने जगदीश्वरनरसिंह केसीले दोस्रो मत ल्याएका थिए । केसीले ८७२ मत ल्याएका थिए । कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि आज फेरि मतदान हुने भएको छ । अब बानियाँ र केसीबीच प्रतिपर्धा हुने छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार केसी र सभापति देउवा पक्षबाट बानियाँबीच आजै मतदान हुने तयारी छ ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा


कस्तो छ तपाईको आजको राशीफल ?
नेपालबहस संवाददाता