९ माघ २०७८, आईतवार
नेपाली कांग्रेस प्रदेश अधिवेशन

तीन प्रदेशको नतिजा सार्वजनिक

प्रकाशित मिति :  १९ मंसिर २०७८, आईतवार १४:२५


१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको मंसिर १७ देखि जारी प्रदेश अधिवेशन अन्तरगत निर्वाचनको मत परिणाम आउन थालेको छ । अहिलेसम्म ३ प्रदेशको नतिजा आईसकेको छ । पछिल्लो परिणाम अनुसार शेरबहादुर देउवा पक्षको दुई ठाउँमा नेतृत्व आएको छ भने पौडेल पक्ष एक ठाउँमा आएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा देउवा पक्षका उम्मेदवारले विजय हासिल गरेका छन् भने गण्डकी प्रदेशमा पौडेल पक्षका उम्मेदवार एक उम्मेदवार विजयी भएका छन् । बागमती प्रदेशमा मत परिणाम आए पनि कसैको पक्षमा बहुमत नआएपछि पुनः मतदान हुने भएको छ ।

प्रदेश १ र लुम्बिनी प्रदेशमा मतगणना जारी रहेको छ भने प्रदेश २ मा विवादका कारण निर्वाचन भएको छैन् । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा देउवा पक्षका वीरबहादुर बलायर विजयी भएका छन् । यसैगरी उपसभापतिमामा पनि देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका कुमारी चलाउने विजयी भएका छन् ।

कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी भएका छन् । आइतबारकोे मत परिणाम अनुसार ललितजंगले ४ सय २२ मत ल्याएर विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी भूपेन्द्रजंग शाहीले ३ सय ७१ मत प्राप्त गरेका छन् । भुपेन्द्रजंगलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको समर्थन थियो ।

देउवा पक्षबाट उपसभापतिमा कालीबहादुर सहकारी र सनतकुमारी कार्की विजयी भएका छन् भने महामन्त्रीमा निरञ्जन केसी र कृष्णकुमार रोकाया विजयी भएका छन् । सह महामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछाँया कुमारी शाही निर्वाचित भएका छन् ।

कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । आइतबारको मतगणनाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्मा सभापति पदमा विजयी भएका हुन् ।

पौडेल पक्षबाट उपसभापतिमा कल्पना तिवारी विजयी भएकी छन् । यस्तै महामन्त्रीमा विष्णु लामिछाने र किरणबाबु श्रेष्ठले बाजी मारेका छन् भने सह महामन्त्रीमा रामचन्द्र जोशी, रमेश पाण्डे र कोपिला रानाभाट विजयी भएका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा