भन्सार छलेर ल्याएको सात सय ५० जोर जुत्ता बरामद
नेपालबहस संवाददाता
मंसिर १९, २०७८ आइतबार २०:४७:५२
१९ मंसिर, बुटवल । रुपन्देही प्रहरीले १८ लाख मूल्यबराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको बुटवल उपमहानगरपालिका-२ स्थित तिनाउ पुलबाट भन्सार छलेर ल्याइएको अवैध जुत्तासहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
रुपन्देहीको सैनामैना नगरपालिका-४ मुर्गिया बस्ने ३२ वर्षीय विष्णु थारुले कपिलवस्तुबाट बुटवल ल्याउँदै गरेको लु१च ८२१३ नम्बरको बोलेरो पिकअप जिप चेकजाँच गर्ने क्रममा प्रहरीले जिपभित्र २५ कार्टुन अर्थात् ७५० जोर अवैध जुत्ता फेला पारेको हो । बरामद सामानको मूल्य करिब १८ लाख रहेको र चालक, जिपसहित बरामद सामानलाई आवश्यक कारबाहीका दलागि बेलहिया भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।
यसैबीच प्रहरीले लागूऔषसहित एकजनालाई रुपन्देहीबाट पक्राउ गरेको छ । वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका-७ दीपनगर बस्ने सुनिल गौचनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
गौचनको घरमा खानतलासी गर्दा प्रहरीले कोठाभित्र रहेको स्टिलको दराजमा राखिएको सेरिज्याक १३ एम्पुल, नुफिन १३ एम्पुल, फेनरागन १३ एम्पुल, सिरिन्ज १२ थान र विभिन्न किसिमका मोबाइल तीन थान बरामद गरेको हो । पक्राउ परेका गौचनमाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सलमान ग्यालेक्सी अपार्टमेन्ट गोली काण्डपछि बढाइयो शाहरूखको सुरक्षा
बैशाख ७, २०८१ शुक्रबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
नेटफ्लिक्सले २७५ करोडमा खरिद गर्यो पुष्पा-२ को डिजिटल अधिकार
बैशाख ७, २०८१ शुक्रबार
फिल्म आराधनाको एउटा गीत जो अहिले पनि हिट छ !
बैशाख ७, २०८१ शुक्रबार
इजरायलले सुरु गर्यो इरानमाथि जवाफी आक्रमण
बैशाख ७, २०८१ शुक्रबार