भारत र पाकिस्तान छुट्याउने रेखामा जन्मियो सीमा !
नेपालबहस संवाददाता
मंसिर २०, २०७८ सोमबार १८:२१:१
२० मंसिर, अत्तरी । सन् २०२१ को डिसेम्बरमा भारत र पाकिस्तानको सीमामा शिशु जन्मिएको छ । पाकिस्तानी महिलाले दुई देशको अत्तरी सीमामा शिशु जन्माएकी हुन् । र, बच्चाको नाम सीमा राखिएको छ । शिशु जन्मिएको क्षेत्र अत्तरीमा शिशुका अभिभावकसहित ९७ जना पाकिस्तानी ७१ दिनदेखि बिचल्लीमा परेका छन् ।
दुई देशको सीमामा शिशु जन्मिएकोले उसको नाम पनि सीमा राखिएको शिशुका अभिभावक निम्बु बाई र बलाम रामले बताए । बलामका पुर्खा भारतको पञ्जाब प्रान्तको रजनपुर जिल्लाबाट पाकिस्तानमा बसाइ सरेका थिए ।
निम्बु बाइ गर्भवती थिइन् । २ डिसेम्बरमा उनलाई प्रसुति व्यथा लागेको थियो । निम्बुलाइ सहयोग गर्न पन्जाबबाट केही मानिस अत्तरीमा आएका थिए । बच्चा जन्माउन स्थानीयले पनि सहयोग गरेका थिए ।
बलरामसँगै अन्य ९८ जना धार्मिक भ्रमणाका क्रममा लकडाउनअघि भारत आएका थिए । भारत भ्रमणका क्रममा उनीहरुले केही आफन्तजनहरुसँग पनि भेट गरेका थिए । तर, आवश्यक कागजातको अभावमा उनीहरु फर्किन पाएका थिएनन् । उनीहरुमध्ये ४७ जना बालबालिका छन् । ती मध्ये ६ जना भारतमा जन्मिएका हुन् । उनीहरु सबै एक बर्ष मुनिका छन् ।
रामबाहेक अर्का पाकिस्तानी नागरिक लग्या राम पनि त्रिपालमै बसेका छन् । उनले पनि गत वर्ष जोधपुरमा पुत्र जन्माएका थिए, जसको नाम भारत राखिएको छ । लग्या जोधपुरमा आफ्ना भाइलाई भेट्न जोधपुर अाएका थिए, तर उनी पाकिस्तान फर्किन पाएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...
बैशाख ६, २०८१ बिहिबार
विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैबाट सकिन्छ समय हेर्न
चैत ३०, २०८० शुक्रबार
जब चिहान खनेर मानव हड्डीबाट ड्रग्स बनाउन थालियो, देशैभरी लगाइयो आपतकाल
चैत २८, २०८० बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार