कुमारी बैंकले मोवाईल फोनबाटै दुई लाखसम्म ऋण दिने
नेपालबहस संवाददाता
मंसिर २०, २०७८ सोमबार २३:३७:४७
२० मंसिर, काठमाडौं । कुमारी बैंक लिमिटेडले थप सुविधासहित आजबाट फोनलोनको सेवा सुचारू गरेकाे छ । बैंकको ग्राहकहरुलाई ध्यानमा राखी उक्त सेवाको सुरुवात गरेको बैंकका डिजिटल बैंकिङ्ग प्रमुख अनिस ताम्रकारले बताए । आगामी दिनहरुमा फोनलोनलाई अझ बिस्तारित र विकसित गर्दै लगिने उनले बताए ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा ताम्राकारले दिनानुदिन रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पु¥याउने हेतुले गतवर्षदेखि फोनलोन सुविधा संचालनमा ल्याएको र अहिले केही विशेषताहरु थपेको उनले बताए ।
छोटो अवधिको फोनलोन कर्जामा थप सुविधा दिनको लागी कुमारी बैंकले नेपालमै पहिलो पटक एफ वान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेड सँगको सहकार्यमा EMI मा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था संचालनमा ल्याएको जानकारी दिइएको छ । बैंकका सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त फोनलोन EMI सुविधा संचालनमा ल्याएको जनाएको छ ।
बैंकमा विभिन्न तलब खाता भएका ग्राहकहरुले न्यूनतम रु. १ हजार देखि अधिकतम रु. २ लाखसम्म कुमारी स्मार्ट मोबाइल बंैकिङ्गबाट कुनै धितो वा कागजी प्रकृया बिना नै फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । उक्त कर्जा आयश्रोतको आधारमा ग्राहकले १, ३, ६, ९ र १२ महिना मध्ये कुनै एक अवधी छनोट गरी भुक्तानी गर्न सक्नेछन् ।
सोही सन्दर्भमा सानातिना व्यक्तिगत आकस्मिक खर्चहरू पूर्ती गर्न कुमारी बैंकमा तलब खाता भएका ग्राहकवर्गलाई सहज हुने धारणा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले व्यक्त गरे ।
यसको अतिरिक्त उक्त योजना अन्तर्गत फोनपे नेटवर्कमा आबद्ध विभिन्न मर्चेन्ट आउटलेटमा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवासुविधा उपभोग गर्दा QR Scan गरी सो को Buy Now, Pay Later (BNPL) अवधारणामा किस्ताबन्दीमा भुक्तानी गर्न सकिनेछ ।
यस प्रविधिले QR भुक्तनीमा नयाँ आयाम थप्ने तथा बिदेशमा जस्तै नेपालमा पनि BNPL लोकप्रिय हुनसक्ने धारणा एफ वान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले व्यक्त गरे ।
देशव्यापी १९६ शाखा–संजाल, १७७ एटिएम, ३६ शाखारहित बैंकिंग इकाई तथा १४ एक्सटेन्सन काउन्टर मार्फत वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने दावी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा मुद्दती निक्षेपबाट कर्जा लिन सकिने
चैत १४, २०८० बुधबार
केजरिवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार