सिन्धुलीमा सवारी कारवाहीबाट एक करोड राजश्व संकलन
नेपालबहस संवाददाता
मंसिर २१, २०७८ मंगलबार १८:५४:५६
उर्मिला भट्टराई
२१ मंसिर, सिन्धुली । सवारीसाधन कारवाहीबाट सिन्धुलीमा चार महिनामा एक करोडभन्दा बढी राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चार महिनामा एक करोड १४ लाख १३ हजार राजश्व संकलन गरेको हो ।
गत साउन, भदौ, असोज र कार्तिक महिनामा उक्त रकम संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख कृष्ण क्षेत्रीले बताए । उनका अनुसार ट्राफिक निमय विपरित चलाइएका सवारीसाधनलाई कारवाही गर्दा उक्त रकम संकलन भएको हो ।
असोज महिनामा सबैभन्दा बढी सवारीसाधन कारवाहीमा परेका छन् । असोज महिनामा ट्राफिक नियम विपरित चलेका तीन हजार दुई सय ५० वटा सवारीसाधनमाथि कारवाही भएको तथ्यांक छ । ती सवारीसाधनबाट ३० लाख २५ हजार राजश्व संकलन भएको छ ।
यस्तै, कार्तिकमा दुई हजार नौ सय ५० वटा सवारीसाधन कारवाहीबाट २९ लाख ३० हजार पाँच सय राजश्व संकलन भएको छ । साउन महिनामा दुई हजार पाँच सय ५० सवारीसाधन कारवाहीबाट २६ लाख ९६ हजार राजश्व संकलन भएको छ भने भदौमा दुई हजार नौ सय ५० सवारीसाधन कारवाहीमा पर्दा २७ लाख ६१ हजार पाँच सय राजश्व संकनल भएको प्रमुख क्षेत्रीले जानकारी दिए । चार महिनाको अवधिमा जम्मा ११ हजार सात सय सवारीसाधन कारवाहीमा परेका छन् ।
दुर्घटनमा परी चार महिनामा आठ जनाको मृत्यु
चार महिनामा सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । साउन, भदौ, असोज र कार्तिकमा ६ जना पुरुष दुई जना महिलाको सवारी दुर्घटनामा परी ज्यान गएको छ । सोही अवधिमा ३९ जना गम्भीर गाइते भएका छन् ।
२३ जना पुरुष, १३ जना महिला, दुई जना बालक र एक बालिका गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । साथै, सोही अवधिमा एक सय २५ जना घाइते भएका छन् । यो अवधिमा जम्मा ८५ वटा सवारी दुर्घटना भएका छन् ।
दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले विभिन्न जनचेतनामूलक कार्यक्रम साथै सवारी चेकजाचमा कडाइ गरेको प्रमुख क्षेत्रीले बताए । उनका अनुसार हाल ट्राफिक प्रहरीको सक्रियताका कारण सवारी दुर्घटना केही हदसम्म नियन्त्रणमा आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
महानगरका महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर
बैशाख ४, २०८१ मंगलबार
वैशाख १९ गतेदेखि कामपाले एक महिने ‘सीप मेला’ आयोजन गर्ने
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार