न्यानो घर निर्माणमा आर्थिक अभाव
सरला बैजु
मंसिर २१, २०७८ मंगलबार १९:१:१
२१ मंसिर, पाल्पा । तानसेन नगरपालिका–९ दमकडाका ज्येष्ठ नागरिकका लागि निर्माण गर्न लागिएको न्यानो घरका लागि आर्थिक अभाव भएको छ । आर्थिक अभाव भएपछि तीन तले भवनको एक तला मात्र निर्माण गरिएको छ ।
दुई तला आर्थिक अभावले निर्माण गर्न नसकिएको निर्माण समितिका अध्यक्ष मीनप्रसाद बञ्जाडेले बताए । तानसेन नगरपालिकाको आर्थिक सहयोगमा उक्त भवन निर्माण थालिएको हो । भवन निर्माण सम्पन्न भएपछि वृद्धवृद्धाका लागि इन्टरनेटसहित हेरालुको व्यवस्था गर्ने लक्ष्य रहेको बञ्जाडेले बताए । ३० लाख लागतको सो भवन गत असारमा सम्पन्न गर्नुपर्ने लक्ष्य थियो ।
न्यानो घर निर्माण नहुँदा वृद्धवृद्धा समस्यामा परेका छन् । स्थानीय सरकारले समयमा नै भवन निर्माण पूरा गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ । वृद्धवृद्धालाई दिनभर घरमा बसिबसी समय बिताउन समस्या हुने गरेको छ । “आफ्ना समकक्षीसँग अनुभव आदनप्रदान गर्न गरी समय बिताउन सहज हुने छ”, बञ्जाडेले भने ।
तानसेनका नगर प्रमुख अशोककुमार शाही सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षाभत्ता बाहेक अन्य क्षेत्रमा सहयोग गर्न नसकेको अवस्थामा नगरपालिकाले न्यानो घरको अवधारणा अघि बढाएको बताउँछन् ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढ्यो
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार