९ माघ २०७८, आईतवार
प्रदेश २

वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

प्रकाशित मिति :  २१ मंसिर २०७८, मंगलवार १६:२७


२१ मंसिर, वीरगञ्ज । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिमलाई ध्यानदिँदै वीरगञ्ज सीमा क्षेत्रमा ‘हेल्थडेस्क’ स्थापना गरी अनिवार्य स्वास्थ्य परीक्षण थालिएको छ ।

भारतबाट नेपाल प्रवेश यात्रुलाई गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णय अनुसार भारतबाट आउनेलाई सबैलाई अनिवार्य स्वाथ्य परीक्षण गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए । उनका अनुसार वीरगञ्जको शङ्कराचार्य गेटमा आवागमनमा कडाइ गर्नुका साथै स्वास्थ्य परीक्षण अनिवार्य गरिएको हो । नेपाल र भारत दुवै देशमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का संक्रमित भेटिएसँगै नेपालको सीमावर्तीे वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ ।

भारतमा ओमिक्रोनका संक्रमित भेटिएसँगै पुनःजिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रजिअ ढकालले जानकारी दिए । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगञ्जस्थित सूर्य हस्पिटलले ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा