९ माघ २०७८, आईतवार

बुद्धले नव विवाहित जोडीलाई पोखराको दुईतर्फ टिकट उपहार दिने

प्रकाशित मिति :  २१ मंसिर २०७८, मंगलवार १६:४८


महामारीमा उडान ठप्प हुँदा हवाई क्षेत्रले १६ अर्ब गुमायो

२१ मंसिर, काठमाडौं । मंसिर महिना विवाहको सिजनको हो । यो प्राय प्रेमिल जोडी वैवाहिक बन्धनमा बाधिने गर्छन् । विवाहपछिको केही समय प्राय नव जोडिहरु एकअर्कालाई बुझ्नका लागी भएपनि केही समय टाढा जान चाहान्छन् ।

नेपालमा पनि बिहे गरेका धेरै जना नव विवाहित जोडीका लागी विवाहपछि पहिलो गतव्य हो पोखरा । बुद्ध एयरले पनि नव जोडीलाई मध्य नजर गर्दै गजबको अफर ल्याएको छ । बुद्ध एयरले उसको विमानबाट यात्रा गर्ने नव विवाहित जोडीलाई पोखराको दुईतर्फ टिकट उपहार दिने भएको छ ।

यसका लागि बेहुला–बेहुलीले विवाह गरेको दिनको बुद्ध एयरको विमानमा यात्रा गरेको विवाहको पोसाकसहितको फोटो खिचेर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ । त्यसपछि कम्पनीले उक्त जोडीलाई सम्पर्क गरेर टिकट उपलब्ध गराउने बुद्ध एयरले जनाएकाे छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा