६ माघ २०७८, बिहीबार

सांग्रिला विकास बैंकद्वारा सांग्रिला रेमिट संचालन

प्रकाशित मिति :  २१ मंसिर २०७८, मंगलवार १७:१९


२१ मंसिर, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट रेमिट सेवा संचालनमा ल्याएको छ ।

पछिल्लो समय शाखा बिस्तार तथा विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु समेतमा उल्लेखनीय हिसाबले वृद्धि गरेसँगै उक्त सेवा संचालनमा ल्याइएको बैंकका नायव महाप्रवन्धक अपूर्व प्रसाद जोशीले बताए ।

यो सेवा अन्तर्गत जुनसुकै नेपाली नागरिकले बैंकको जुनसुकै शाखा तथा एजेण्टकोमा गई नेपालभर आफ्नो इछ्याइएको व्यक्तिलाई सिधै रकम पठाउन तथा जुनसुकै बैंकको खातामा सजिलै रकम जम्मा गर्न सक्ने जोशीले बताए ।

बैंकले संचालनमा ल्याएको यस सेवा आन्तरिक बिप्रेषणको लागि हो भने बिदेशमा रहेका नेपालीहरुले आर्जन गरेको रकमलाई समेत बैंकिंङ प्रणालीबाट नेपालमा ल्याई सम्बन्धित प्राप्तकर्तालाई भुक्तानी दिने सम्बन्धि अन्तरास्ट्रिय रेमिट्यान्स सेवा समेत छिट्टै संचालनमा ल्याउने तयारी भइरहेको उनले बताए ।

बैंकले ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भएको दावी गरेको छ । बैंकका देशभर १०४ शाखा तथा, ३१ एटिएम संचालनमा छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा