१० माघ २०७८, सोमबार

यूथ एथलेटिक्स च्याम्पियनसिपमा सुदीप, स्वागता, युवराज र सुमुया सर्वोत्कृष्ट

प्रकाशित मिति :  २२ मंसिर २०७८, बुधबार ०६:३६


२२ मंसिर, काठमाडौं । सुदीप थारु, स्वागता खैजु, युवराज विक र सुमुया देवान यूथ एथलेटिक्स च्याम्पियनसिपको आआफ्नो उमेरसमूहमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

यु १६ को पुरुषमा सुदीप र महिलामा सुष्मा तथा यु २० को पुरुषमा युवराज र महिलामा सुमुया सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । सुमुया बंगलादेशकी हुने भने बाँकी सबै नेपाली खेलाडी हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यु २० उमेर समूह अन्तर्गत १ सय मिटर दौडको पुरुषमा जाजरकोटका युवराज विक ‘११.०० सेकेन्ड’ र महिलामा बंगलादेशकी सुमुया देवान ‘११.८५ सेकेन्ड’, ४ मिटर दौडको पुरुषमा बंगलादेशका जेल्डासर्जिल रसिम खान ‘५१.६ सेकेन्ड’ र महिलामा बंगलादेशकी रुना नस्रत जाहान ‘१ मिनेट ४ सेकेन्ड’, ८ सय मिटर दौडको पुरुषमा कञ्चनपुरका सञ्जीव नेपाली ‘२० मिनेट ०३.९ सेकेन्ड’ र महिलामा जुम्लाकी राममाया बुढा ‘२ मिनेट २६.३६ सेकेन्ड’ पहिलो भए ।

एथलेटिक्स परिवार, नेपालद्वारा आयोजित प्रतियोगिताको यु–२० हाइजम्पको पुरुषमा मोरङका सागर यादव ‘१.६६ मिटर’ र महिलामा विजेश्वरीकी मेलिना श्रेष्ठ, सटपुटको पुरुषमा चितवनका ललित राउन ‘१०.७० मिटर’र महिलामा दाङकी सुशीला चौधरी ‘९.६२ मिटर’ले स्वर्ण जिते ।

यु–१६ १ सय मिटर दौडको पुरुषमा वीरगन्जका आदेशकुमार यादव ‘११.२४ सेकेन्ड’ र महिलामा भक्तपुरकी स्वागता खैजु तथा ८ मिटर दौडको पुरुषमा बागलुङका बादल कार्की ‘२ मिनेट ०७.८४ सेकेन्ड’ र महिलामा कालिकोटकी भावनाले शीर्ष स्थान हात पारे । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा