९ माघ २०७८, आईतवार

युइएफए च्याम्पियन्समा लिभरपुलको शतप्रतिशत जित

प्रकाशित मिति :  २२ मंसिर २०७८, बुधबार ०७:१३


२२ मंसिर, काठमाडौं । इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिगमा शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले घरेलु टोली इटाली क्लब इन्टर मिलानलाई प्रतिस्पर्धात्मक खेलमा २-१ गोल अन्तरले पराजित गरेको हो ।

सानसिरोमा जित दिलाउँन मोहम्मद सलाह र डिमोक ओरिजीले १-१ गोल गर्दा घरेलु टोली मिलानका लागि फिकायो टोमोरीले सान्त्वना गोल गरे ।

खेलको २८औँ मिनेटमा फिकोले गोल गर्दै घरेलु टोली मिलानलाई अग्रता दिलाए । यसपछि सलाहले ३६औँ मिनेटमा गोल गर्दौ टोलीलाई बराबरीमा ल्याए भने ओरिजीले ५५ मिनेटमा विजयी गोल गरे ।

हारसँग मिलानले प्रि-क्वाटरफाइनलमा पुग्ने अवसर गुमायो । जितसँगै लिभरपुल समूह चरणमा सत प्रतिशत जित निकाल्ने पहिलो इंग्लिस क्लब बन्यो ।

राति नै भएको समूह ‘बी’ को खेलमा एथ्लेटिको म्यड्रिडले एफसी पोर्टोलाई पराजित गरेको छ । ६ खेलमा जित निकालेर १८ अंक बनाएको लिभरपुल शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्यो भने ७ अंकका साथ उपविजेताको रुपमा एथ्लेटिको नट आउट चरणमा स्थान बनायो । पराजित पोर्टो ५ अंक र ४ अंकको मिलान क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा