जनकपुरमा आज धूमधामका साथ विवाह पञ्चमी मनाइँदै
नेपालबहस संवाददाता
मंसिर २२, २०७८ बुधबार १६:५८:२३
२२ मंसिर, जनकपुरधाम । जनकपुरमा रामजानकी विवाह पञ्चमी महोत्सवको मुख्य आकर्षण राम र सीताको स्वयम्वर र विवाह आज हुँदैछ । पौराणिक कालमा सीतारामको विवाह भएको सम्झनास्वरुप प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन लाग्ने विवाहपञ्चमी महोत्सवअन्तर्गत आज छैटौं दिन दिउँसो १ बजे स्थानीय रंगभूमि मैदान बाह्रबिघामा स्वयम्वर र आजै राति जानकी मन्दिर परिसरमा वैवाहिक कार्यक्रम रहेको जानकी मन्दिरका छोटा महन्थ रोशन दासले बताए ।
आज दिउँसो राम मन्दिरबाट रामको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रंगभूमि मैदानमा पुगिन्छ र त्यहाँँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल घरगाउँले समूह वा माइती पक्षद्वारा स्वागत अभिवादन गर्ने परम्परा छ ।
\त्यसपछि राममन्दिरको डोलालाई जानकी मन्दिरका डोलाले पाँचपटक परिक्रमा गराई रामलाई पुष्पमाला अर्पण गरिनेछ । राममन्दिरका महन्थले जानकीलाई माला र आरती पूजनपछि स्वयम्वर सम्पन्न हुन्छ । त्यसपछि राममन्दिरको डोला र जानकी मन्दिरको डोला अगाडि बढ्दै जान्छ, श्रद्धालु भक्तजन पछिपछि लाग्दै जानकी मन्दिर पुग्छन् । राति मिथिला परम्पराअनुसार राम र सीताको वैवाहिक कार्यक्रम हुन्छ ।
सप्ताहव्यापी मनाइने रामजानकी विवाहपञ्चमी महोत्सवलाई दृष्टिगत गर्दै जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाइएको छ । चाडपर्वकै बेला केही अप्रिय घटना हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको धनुषाका प्रहरी उपरीक्षक बसन्तकुमार रजौरले बताए । सुरक्षाका लागि बाहिरबाट सशस्त्र प्रहरीसहित १५ सय सुरक्षाकर्मी मगाकइएको बताए ।
विवाहपञ्चमी ड्रेसका साथ साथै सादा पोसाक, पिकेट, मोबाइल गस्तीमा उल्लेखनीय संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने उनले बताए ।बाह्रबिघा, जानकी मन्दिरलगायतका स्थानलाई सिसिटीभीले समेत निगरानी गरिने व्यवस्था मिलाइएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना
बैशाख ९, २०८१ आइतबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
फिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
चैत २७ मा कर्णालीको मुख्यमन्त्री भएका कँडेलले बल्ल नियुक्त गरे एक जना मन्त्री
बैशाख १२, २०८१ बुधबार
म्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
लुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार