खल्तीबाट कारोबार गर्दा आइफोन-१३ जित्ने मौका
नेपालबहस संवाददाता
मंसिर २२, २०७८ बुधबार १७:२:३५
२२ मंसिर, काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले ‘खल्ती मा आइफोन १३’ अफर सुरू गरेको छ । डिसेम्बर ५ देखि १४ जनवरी लागू हुने यस योजना अन्र्तगत एक जना भाग्यशाली ग्राहकलाई आइफोन १३ प्रदान गरिने कम्पनीले जनाएको छ ।
योजनामा सहभागी हुनको लागि खल्ती एपको फिटरड् सर्विसेशमा गएर ‘खल्तीमा आइफोन’ बाट मात्र ५० रुपैयाँको रिचार्ज गर्नुपर्ने छ । त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ । जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोवाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सकिनेछ ।
अन्तिममा एक जना भाग्ग्यशाली विजेताले आइफोन १३ प्रदान गरिन कम्पनीले जनाएको छ । साथै दैनिक एक जना भाग्ग्यशाली प्रयोगकर्ताले एक लाख खल्ती पोइन्ट्स जित्नेछन् ।
यस योजनाको विजेता घोषणा क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक पेजमा लाइभ मार्फत लक्की ड्र मार्फत गरिनेछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल नेपाल को लागि प्रोत्साहित गर्नुका लागि आइफोन क्याम्पेन संचालन गरिएको बताए ।
२० लाखभन्दा बढी प्रयोगकर्ताहरू भएको ’खल्ती’ले बिगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउँदै आइरहेको छ। खल्ती वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकहरूमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई(कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरू लिन सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
चितवनमा बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार