बज्रबाराही धार्मिक वन अतिक्रमण रोक्न संर्घष समिति गठन
नेपालबहस संवाददाता
मंसिर २२, २०७८ बुधबार १९:३०:४७
२२ मंसिर, काठमाडौं । ललितपुरको बज्रबाराही धार्मिक वन अतिक्रमण गरेर सडक विस्तार गरेपछि चापागाँउका स्थानीयवासीले संर्घष समिति बनाएर आन्दोलन सुरू गर्ने भएका छन् । बुधबार चापागाँउका स्थानीयवासीले वन संरक्षणका अभियन्ता राजेन्द्र देशारको संयोजकत्वमा श्रीमाई बज्रबाराही धार्मिक वन संरक्षण संर्घष समिति गठन गरेका हुन् । बैठकले २५ जनालाई सदस्य रहने गरी समिति बनाएको हो ।
समिति संयोजक देशारले कानुनविपरीत बज्रबाराही वनमा डोजर प्रयोग गरेर सडक विस्तार गरेपछि आफूहरूको विरोधलाई विकाश विरोधीको आरोप लगाएर आन्दोलन दबाउन खोजेको बताए । ‘हामीले १००भन्दा धेरै स्थानीयवासीको विरोधको हस्ताक्षर गोदावरी नगरपालिकामा बुझायौं, तर दर्ता नै भएन,’ उनले भने ।
गोदावरी नगरपालिकाको नवनिर्मित भवन अगाडि करिब आठ फिट चौडाइको सडक वन क्षेत्र अतिक्रमण गरेर विस्तार गरेपछि स्थानीयवासी विरोधमा उत्रेका हुन् । ५०० मिटर दूरीको सडक विस्तारका लागि नगरपालिकाले करिव ८५ लाख रुपैयाँ लगानीमा उपभोक्ता समितिमार्फत काम गरिरहेको छ ।
धर्मिक वनमा अनाधिकृत रुपमा संरचना निर्माण गर्न नपाइने कानुनी व्यवस्था भए पनि नगरपालिकाले जिल्ला वन कार्यालयको मौखिम सहमतिमा सडक विस्तार गरेको बताउँदै आएको छ ।
स्थानीय किशोर देशारले बज्रबाराही वनमा सडक विस्तार मात्र नभई पुरातात्विकविपरीत धेरै संरचना निर्माण गरिएको बताए । उनले भने, ‘बज्रबाराही वनको संरक्षणको जिम्मा लिएको ज्योतिदय संघले निर्माण गरेको संरचनाहू नै पुरातत्विक दृष्टिकोणविपरीत छ ।’
बज्रबाराही वन सव डिभिजन कार्यालयकी सहायक वन अधिकृत प्रेमा थापाले आफूले पत्र लेखेर सडक विस्तारको काम रोक्न लगाए पनि पर्खाल लगाउन भने नरोकिएको बताइन् । ‘सडक मापदण्डभित्रको वनमा सडक बनाउन डकुमेन्ट त चाहिने हो, ‘मौखिक कुराकानीका आधारमा काम गरेको रहेछ,’ उनले भनिन् ।
धार्मिक वनमा नयाँ संरचना बनाउन नहुने भन्दै नगरपालिकाले लाखौं लगानीमा एक व्यवसायीले जिपलाइन निर्माण गरेर सुरु गरेपछि हटाएको थियो । तर, पछिल्लो समय नगरपालिकाकै लगानीमा स्थानीयले यही धार्मिक वनमा व्यायामशाला निर्माण गरेर सञ्चालन गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा, अन्यमा निर्माणको काम जारी
चैत ३०, २०८० शुक्रबार
मुग्लिन–पोखरा सडक विस्तार: पहिरो जाने सम्भावित स्थानमा वर्षाअघि कालोपत्र नगरिने
चैत २८, २०८० बुधबार
ट्र्याक खुलेको २० वर्षपछि गलुवा–भकुण्डे सडक कालोपत्र हुँदै
चैत २६, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार