त्रिपुरासुन्दरी मन्दिरबाट भगवतीको मूर्ति चोरी
नेपालबहस संवाददाता
मंसिर २२, २०७८ बुधबार २१:११:३
२२ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाकै पुरानो र ऐतिहासिक त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारस्थित सयौ वर्ष पुरानो त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति चोरी भएको हो । सयौँ वर्ष पुरानो सुनको जलप प्रयोग गरीएको भगवतीको मूर्ति र कलशका साथै पुरानो विष्णुको दुईवटा कलात्मक मूर्ति चोरी भएको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए।
पुरातत्व विभागको सहयोगमा अहिले मन्दिरको गजुर राख्ने काम भइरहेको छ । भुकम्पपछि अस्थायी टहरोमा मूर्ति राखी पूजा गरिँदै आएको थियो । मंगलबार राति अपरिचित युवकहरू मोटरसाइकलमा आएको स्थानीयहरूले देखेको बताएका छन् ।
मन्दिरको ढोका खुला देखेको र हेर्दा मूर्ति कलश नरहेको स्थानीयहरूले पाएपछि प्रहरीलाई खवर गरेका थिए । यसअघि २०२५ र २०४२ सालमा गरी दुईपटक त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति चोरी भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
बागेश्वरी मन्दिरमा तामाको छाना
चैत १४, २०८० बुधबार
रानाथारू समुदायमा होलीको उल्लास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार