शेयर बजार ५३ दशमलव १० अंकले घट्यो
नेपालबहस संवाददाता
मंसिर २२, २०७८ बिहिबार ०:०:५१
२२ मंसिर, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा ५० भन्दा पनि बढी अंकले घटेको छ । आज नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर दुई हजार चार सय ५५ दशमलव ८० को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
आज दुई सय २६ कम्पनीको ६ लाख ५६ हजार नौ सय ४७ कित्ता शेयर कारोबार हुँदा कूल दुई अर्ब ६६ करोड ३९ लाख बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार गर्नेमा नेसनल हाइड्रोपावर कम्पनी रहेको छ । यो कम्पनीको ११ करोड ८८ लाखभन्दा बढीको कारोबार भएको छ ।
कारोबारमा आएका सबै समूहको सूचक राताम्मे भएका छन् । सबै सूचकमा शून्य दशमलव ७५ प्रतिशतदेखि झण्डै चार प्रतिशतसम्म गिरावट आएको छ ।
नेप्सेका अनुसार कारोबारमा आएका सात वटा कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ८१ वटा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । यस्तै, एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
स्ट्याण्डरर्ड चार्टड बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको शेयर मूल्य एक दशमलव ९४ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार सामुदायिक लघुवित्त र एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्यमा उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयर मूल्य करिब आठ प्रतिशतभन्दा बढीले घटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा जस्तै शेयर बजारमा पनि उतारचढाव
फागुन २५, २०८० शुक्रबार
तीन पटक सर्किट ब्रेक लागेर आजको कारोबार बन्द
मंसिर २४, २०८० आइतबार
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन
मंसिर १८, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार