१३ माघ २०७८, बिहीबार
कांग्रेस महाधिवेशन

प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिमा दाबी नछाड्दा पौडेल तनावमा

प्रकाशित मिति :  २२ मंसिर २०७८, बुधबार २०:३१


२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा साझा उम्मेदवार बनाउन नसक्ने अवस्था देखिए पछि आफुले पार्टीबाटै सन्यास लिने तर्फ धारणा बनाएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशनमा पौडेल समूहका पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति पदमा दाबी छाडेन नमाने पछि पौडेलले रिसाएर पार्टी त्याग गर्ने बताएका हुन् ।
बुधबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा पनि आकांक्षीहरुबीच सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।
छलफलमा वरिष्ठ नेता पौडेलले आफूलाई सहयोग गर्न अरु आकांक्षीहरुलाई आग्रह गरेका थिए ।
तर पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले दुबैले सभापतिमा दाबी नछाड्दा वरिष्ठ नेता पौडेल तनावमा आएका छन् ।
पौडेल समूहका रामशरण महतले रामचन्द्रजीले मलाई सहयोग गर्नुस् भन्दा प्रकाशमान र शेखर आफु नै लड्ने जिद्दी लिदाँ सहमतीमा पौडेल पक्ष आउन सकेका छैनन् ।
दुबै जना आफ्नो अडान कायम रहेपछि वरिष्ठ नेता पौडेलले सबै लड्ने भए म राजनीतिबाट विदा हुन्छु भनेका थिए । उनी घरमै आराम गर्ने र पार्टीबाटै अलग हुन्छु भनेर आफ्नो विचार राखेका थिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा