बालिकाको जिब्रो सुन्निएर मुख बाहिर निस्किएपछि…
नेपालबहस संवाददाता
मंसिर २३, २०७८ बिहिबार १६:५४:१८
२३ मंसिर, खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्क दिम्मापातेलकी १६ वर्षीया सुस्मा तिवारीको जिब्रो सुन्निएर मुख बाहिर निस्किएको छ । सुन्निएर जिब्रोले अस्वभाविक आकार लिएपछि उनलाई खाना खान र बोल्नसमेत गाह्रो भएको बुवा दिनेश तिवारीले बताए ।
उनका अनुसार सुस्मा जन्मेको एकरडेढ वर्षको जिब्रो बढेर बाहिरै निस्कन पुगेको हो । जिब्रोमा देखिएका ससाना बिबिरा बढ्दै जाँदा उनको जिव्रो मुखभरीको बनेको परिवारले जनाएको छ ।
उनी स्थानीय त्रिभुवन माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छिन् । सानैछँदा उपचारका लागि फाप्लु ९सोलुखुम्बु० र काठमाडौं पुर्याइए पनि रोग पत्ता नलागेको तिवारीले बताए ।
मुखबाट बाहिर निस्केको जिब्रोलाई उनले रुमालले ढाक्ने गरेकी छन् । बाहिर निस्केको जिव्रोबाट निरन्तर र्याल झर्छ । सुतेको ठाउँमा र्यालले सिरानी भिज्ने गरेको छ । उनी घरकी जेठो सन्तान हुन् ।
उपचार गर्न आर्थिक अभाव
सुस्माको उपचारका लागि परिवारलाई आर्थिक समस्या छ । कमजोर आर्थिक अवस्थाका कारण सुस्मालाई सुविधा सम्पन्न अस्पतालमा पुर्याएर उपचार गर्न नसकिएको दिनेश बताउँछन् ।
उनको उपचारका लागि सुनसरीमा सहयोग अभियान थालिएको छ । पुर्खौली थलो खोटाङ भइ हाल इटहरी बसिरहेका सविन भट्टराई ९खत्री० र धुर्व अधिकारीको अगुवाईमा सुस्माको उपचार सहयोग अभियान थालिएको हो ।
नोबेल अस्पताल बिराटनगरका डा. आशिषलाल श्रेष्ठको परामर्शमा उनको जिब्रोको उपचारका लागि आर्थिक संकलन अभियान थालिएको अभियान्ता भट्टराईले बताए । ‘सुस्माका बारेमा जानकारी भएपछि ५ हजार खर्च पठाएर इटहरीमा बोलायौँ । नोबेलमा लगेर देखायौँ,’ भट्टराईले भने, ‘डा. आशिषलाल श्रेष्ठले ६/७ लाख खर्च जम्मा गरेर केएमसी लैजाने परामर्श दिनु भएको छ । उपचार गर्दा निको हुने जानकारी पाएका छौँ ।’
सुस्माको उपचारका लागि एक लाख सहयोग जम्मा भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका तीन लाख ४१ हजार पशुमा पूर्ण खोप लगाइँदै
बैशाख ६, २०८१ बिहिबार
वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए खुवाइने
बैशाख ५, २०८१ बुधबार
निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
मनास्लुमा नौ महिनामा आठ हजार विदेशी पर्यटक भित्रिए
बैशाख ७, २०८१ शुक्रबार
भोटखोलामा अवरुद्ध टेलिफोन सेवा एक सातापछि सञ्चालन
बैशाख ७, २०८१ शुक्रबार
अफ्रिकी किशोरी भन्छन्- नेपाली भाषा र संस्कृति लैजान्छौँँ
बैशाख ७, २०८१ शुक्रबार
नेपालले यूएईलाई दियो १२० रनको सामान्य लक्ष्य
बैशाख ७, २०८१ शुक्रबार
योगेशले बुढानिलकण्ड पुगेर देउवालाई दिए निम्तो
बैशाख ७, २०८१ शुक्रबार
शमी साहित्य साधना सम्मान घोषणा
बैशाख ७, २०८१ शुक्रबार