१३ माघ २०७८, बिहीबार

सान्जेन जलविद्युत कम्पनीले साढे ३६ लाख कित्ता आईपीओ निष्कासन गर्ने

प्रकाशित मिति :  २३ मंसिर २०७८, बिहीबार ११:१८


२३ मंसिर, काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजनाा प्रभावित स्थानियको लागि आर्ईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको साढे दुई वर्षपछि बल्ल आयोजना प्रभावित स्थानियको लागि शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले स्थानियको लागि आईपीओ निष्काशन गर्न अनुमति माग्दै मंसिर २० नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डबाट अनुमति पाएपछि कम्पनीले आयोजना प्रभावित स्थानियको लागि आईपीओ निष्काशन गर्नेछ ।

कम्पनीले जारी पूँजी ३ अर्ब ६५ करोडको १५ प्रतिशत अर्थात ५४ करोड ७५ लाख रूपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिसकेको छ भने आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाको लागि जारी पूँजीको १० प्रतिशत अर्थात ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियलाई आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ । कम्पनीले रसुवा जिल्लाको सान्जेन खोलामा उपलब्ध जलस्रोतको प्रयोग गरी अपर सान्जेन (१४.८ मेगावाट) र सान्जेन जलविद्युत आयोजना (४८.५ मेगावाट) निमार्ण गर्दैछ ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा