सिटिजन्स बैंकद्वारा आठ लाख भन्दा बढी नगद हस्तान्तरण
नेपालबहस संवाददाता
मंसिर २३, २०७८ बिहिबार १८:३५:०
२३ मंसिर, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले दुई जनालाई नगद हस्तान्तरण गरेको छ । बैंकको लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा निज मृतकका श्रीमान् जब्बर अली तेली लाई ३ लाख ६५ हजार ७७४ रुपैयाँ र अर्का ग्राहक फूलमती कोरीको मृत्यु भएकामा निज मृतकका छोरा रामचन्द्र कोरी लाई ४ लाख ५४ हजार १२२ रुपैयाँ नगद हस्तान्तरण गरेको हो ।
उक्त रकम सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यही मंसिर २१ गते एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् । लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन बीमा गरेको हुनाले मृत्यु भएका ग्राहकको काजक्रिया खर्चसहित बैंकले बीमा कम्पनीमा रकम दावी गरि सो रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको हो ।
सिटिजन्स बैंकले २ वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाई मार्फत करिव १४ हजार विपन्न महिलाहरुलाई लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ११४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी
बैशाख ९, २०८१ आइतबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
बैशाख ७, २०८१ शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार