चौकीदार र सुरक्षाकर्मीको भरमा छाङ्गरु र तिङ्कर
सरला बैजु
मंसिर २३, २०७८ बिहिबार १९:८:५५
◊ नरेन्द्रसिह कार्की
२३ मंसिर, दार्चुला । अत्यधिक चिसो बढ्न थालेपछि व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका स्थानीयवासी आफ्ना पशुचौपायासहित सदरमुकाम खलङ्गा झरेका छन् ।
गत शनिबार गाउँबाट हिँडेका उनीहरु भारतीय बाटोहुँदै पाँच दिन लगाएर सदरमुकाम खलङ्गा पुगेका हुन् । अत्यधिक चिसो बढ्न थालेसँगै तीन हजार दुई मिटर उचाइमा रहेको छाङ्गरु र तिङ्करका स्थानीयवासी आफ्नो पुख्र्यौली थातथलो छाडेर सदरमुकाम खलङ्गा झरेका छन् ।
यहाँका दुई गाउँका सौका समुदाय हरेक वर्ष छ महिनामाथि छाङ्गरु तिङ्कर र छ महिना सदरमुकाम झर्ने गर्छन् । सौका समुदायको भाषामा बसाइँसराइ सर्नुलाई (कुञ्चा) सर्नु भन्ने गरिन्छ ।
कालापानी नजिकै रहेको छाङ्गरु गाउँ हेर्नका लागि अहिले गाउँमा राइसिंह ऐतवाल चौकिदार छन् । गाउँभरिको घर हेर्ने जिम्मेवारी वडा कार्यालयले ऐतवाललाई दिएको व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए । गत वर्ष पनि ऐतवाल गाउँभरिका एक्ला चौकीदार हुन् ।
यस्तै गाउँ नजिकै गत वर्षबाट सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि बाह्नै महिना छाङ्गरुमा बसेको छ । सुरक्षाकर्मी पनि गाउँमा बस्दा चौकीदारलाई पनि स्थानीयवासीको घर रेखदेख गर्न सहज भएको चौकिदार ऐतवालले बताए । “पहिले पहिले त गाउँमा बोल्ने मान्छे हुँदैन थिए”, उनले भने, “अहिले त सुरक्षाकर्मी पनि भएको हुँदा समय बिताउन सहज भएको छ ।”
यहाँ वर्षमा झण्डै चारदेखि छ फीटसम्म हिमपात हुन्छ । अत्यधिक हिउँ जम्दा सुरक्षाकर्मीले हिउँ पगालेर पानी खानुपर्ने बाध्यता हुन्छ । यहाँका नागरिक आफ्ना पशुचौपाया र लालाबालासहित सदरमुकाम खलङ्गा झरेका छन् तर ऐतवाल चिसोको समयमा पनि गाउँको चौकीदारी गर्दै बसेका छन् । यो क्षेत्रमा चिसो माइनस १६ डिग्रीसम्म झर्ने गर्छ ।
छाङ्गरुमा १२० घरधुरीको बसोबास छ । गाउँका सबै सदरमुकाम झरेपछि उनलाई वडा नं १ को कार्यालयले हरेक वर्ष तलब दिएर चौकीदार राख्ने गरेको छ । गाउँको निगरानी गर्ने, चोरी भए खबर गर्ने चौकीदारको जिम्मेवारी हो । उनले भाने, “चोर, तस्करसँग लड्न त कहाँ सकिन्छ तर निगरानी गर्छु ।” उनका अनुसार विगतमा भारतसँग खुला सीमा तथा तस्करी चल्ने समय हुँदा चौकीदार बस्नुपथ्र्यो ।“त्यो बेला गाउँमा आएर आगलागी गरिदिने, धन सम्पत्ति चोरीदिने खतरा हुन्थ्यो”, उनले भने, “तर अहिले त्यो अवस्था छैन ।”
तीन वर्षदेखि चौकीदार बस्दै आएका ऐतवाललाई गत वर्षबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म र नेपाल प्रहरीसमेत छाङ्गरुमै बसेपछि सहज भएको छ । उनकाअनुसार पूरै गाउँ घुम्न १० मिनेट लाग्छ । बिहान, दिउँसो र रातिको समयमा सबैको घरघर पुगेर त्यहाँको वस्तुस्थिति र अवस्थाका बारेमा जानकारी लिने गरेको उनको भनाइ छ ।
तिङ्कर भने मानव शून्य बस्ती बनेको छ । चीनको सीमा नजिकैको दार्चुलाको उत्तरी क्षेत्रको एउटा गाउँ यतिबेला मानव शून्य बस्ती छ । ६५ घरधुरी रहेको सो गाउँका स्थानीयवासीले चिसो छल्न सदरमुकाम खलङ्गा औल झरेपछि यो बस्ती मानव शून्य बनेको हो । यहाँबाट चीनसँगको एक नम्बर पिलर पुग्न ५ घण्टा समय लाग्छ ।
तिङ्करको छायालेकमा रहेको नेपाल प्रहरी गत कात्तिकमै छाङ्गरु झरेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) राख्ने गरी भवन निर्माण गतवर्ष भएको छ । छाङ्गरु भन्दा तिङ्करमा बढी चिसो हुने र हिमपात हुनेभएपछि यो गाउँमा कोही बस्दैनन् ।
छाङ्गरुवासी सदरमुकाम झरेको छाङ्गरुका योगेश बोहराले जानकारी दिए । भारतीय पक्षको अनुमति लिएर सबै जना खलङ्गा आएका छन् । नेपालतिर भएर आउन घोरेटो बाटो छैन् । “आफ्नै भूमि भएर सदरमुकाम कुञ्चा सर्न बाटो नभएपछि भारतसँग अनुरोध गरेर खलङ्गा झर्नुपरेको हो”, उनले भने ।
यो क्षेत्रमा घोरेटो बाटो बनाउने जिम्मा पाएका निर्माण व्यवसायीले समयमै काम नगर्दा भारतीय बाटोको प्रयोग गर्नुपरेको उनको भनाइ छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुख्यमन्त्री सोडारीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार
बैशाख १०, २०८१ सोमबार
सोडारीविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
बैशाख १०, २०८१ सोमबार
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
मधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार