रातो मच्छिन्द्रनाथलाई आज बुङमतीबाट पाटन तः बहाल लगिने
नेपालबहस संवाददाता
मंसिर २३, २०७८ बिहिबार १९:३५:३२
२३ मंसिर, ललितपुर । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई आज बुङमतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटन छ महिना बुङमती राखिने चलनानुसार दिउँसो तःबहाल ल्याउन लागिएको हो ।
यही मंसिर ९ गते आफूहरु बसेर हेरेको साइतअनुसार आज दिउँसो मच्छिन्द्रनाथलाई पाटन ल्याउने तयारी भइरहेको मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताए । उनले भने, “बिहानको साइतअनुसार साङ्केतिक रुपमा भगवान्लाई हल्लाएर दिउँसो खटमा बोकेर ल्याइनेछ ।”
मच्छिन्द्रनाथलाई पाटन ल्याउन आफूहरुले चार दिनअघिदेखि एक छाक चोखो खाना खानाका साथै आवश्यक नियम पालन गरेर बसिरहेको मच्छिन्द्रनाथका मूल पुजारी कमलराज बज्राचार्यले बताए । उनले भने, “हामीले पाटन ल्याउनु केही दिनअघि भैरवनाथ अनि कुमारीका साथै मच्छिन्द्रनाथको समेत पूजा गरिसकेका छौँ ।” यसैगरी चार दिनअघि मच्छिन्द्रनाथको रङरोहण तथा होम र बलि पूजासमेत गरेको बज्राचार्यले जानकारी गराए ।
दिउँसो गुठी संस्थानका कर्मचारी बुङमती आएर पूजापाठ गर्ने र गुरुज्यूको पल्टनले सलामी दिएपछि आठ पुजारी अर्थात पानेजुले मच्छिन्द्रनाथलाई केही सुरक्षाकर्मीसहित काठमाडौं उपत्यकाका जनताको सहभागितमा बाजागाजासहित खटमा बोकेर पाटन ल्याउने ३२ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यले बताए ।
किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना
बैशाख ९, २०८१ आइतबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार