नेकपा (एकीकृत समाजवादी)को संगठन विस्तार
सरला बैजु
मंसिर २३, २०७८ बिहिबार १९:४७:४९
२३ मंसिर, बैतडी । नेकपा (एकीकृत समाजवादी)ले बैतडीमा संगठन विस्तार अभियानलाई अघि बढाएकोे छ । जिल्लाका सबै स्थानीय तहमा कमिटी गठन गर्ने अभियानअन्तर्गत हालसम्म आठ स्थानीय तहमा कमिटी गठन गरिएको हो ।
अहिलेसम्म डिलाशैनी, सिगास, दोगडाकेदार, सुर्नया गाउँपालिका, पाटन, दशरथचन्द, मेलौली र पुर्चौंडी नगरपालिकामा पालिकास्तरीय कमिटी गठन गरिएको पार्टीका जिल्लाअध्यक्ष महादेव भट्टले जानकारी दिए ।
डिलाशैनीमा दीपक धामीको अध्यक्षतामा ५१ सदस्यीय, सिगासमा खेमसिंह धामीको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ भने पाटन नगरपालिकामा लोकेन्द्र विष्टको अध्यक्षतामा ५५ सदस्यीय, दोगडाकेदारमा लक्ष्मीदत्त जोशीको अध्यक्षतामा ५१ सदस्यीय, सुर्नयामा दिनेशप्रसाद भट्टको अध्यक्षतामा ६५सदस्यीय, दशरथचन्दमा दिनेशसिंह ठगुन्नाको अध्यक्षतामा ७७ सदस्यीय, पुर्चौडीमा रमेश बोहराको अध्यक्षतामा ६१सदस्यीय, मेलौलीमा भीम भट्टको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको हो ।
गठन गरिएका सबै पालिकामा सर्वसम्मतरूपमा नेतृत्व चयन गरिएको र बाँकी रहेका पालिकामा पनि मसिर महिनाभित्र नेतृत्व चयन गरिने जनाइएको छ ।
एमालेसँग विभाजन भएपछि उक्त पार्टीले संगठन विस्तारलाई तीव्रता दिएको हो । तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबैस्तरमा कमिटी गठन गरिने जनाइएको छ । मसिरमा सबै पालिकामा संगठन विस्तार गरिने र त्यसपछि संगठन सुदृढीकरणको कामलाई अघि बढाइने दशरथचन्द नगरपालिकाका अध्यक्ष ठगुन्नाले बताए । एमाले रहँदा महादेव भट्ट अध्यक्ष रहेको १५१ सदस्यीय समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित भएको थियोे ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा एसले बोलायो स्थायी कमिटी बैठक
बैशाख ११, २०८१ मंगलबार
देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : सभामुख घिमिरे
बैशाख ११, २०८१ मंगलबार
आज देशमा लोकतन्त्र आएको १८ वर्ष पुग्यो
बैशाख ११, २०८१ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार