२७ कम्पनीको ७ अर्ब २७ करोड रुपैयाँको आईपीओ आउँदै, कुनको कति ?
नेपालबहस संवाददाता
मंसिर २३, २०७८ बिहिबार २०:५७:५१
२३ मंसिर, काठमाडौं । शेयरबजारमा २७ कम्पनीले ७ अर्ब २७ करोड रुपैयाँको आईपीओ निष्कासन गर्न लागेका छन् । यी २७ कम्पनीले ७ अर्ब २७ करोड रुपैयाँ बराबरको ६ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् ।
यतिबेला यी २७ वटै कम्पनी आईपीओ निष्कासनको अनुमति कुरीरहेका छन् । नेपाल धितोपत्र बोर्डको अनुमति पश्चात यी कम्पनीले आईपीओ निष्कासन गर्नेछन् ।
सामान्यतया बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र शेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका २७ कम्पनीले ७ अर्ब २७ करोड रुपैयाँ बराबरको ६ करोड ६० लाख कित्ता शेयर निष्कासन गर्ने जनाएका छन् ।
तीमध्ये १८ वटा जलविद्युत, दुई इन्स्योरेन्स, ६ लघुवित्त र १ अन्य समूहअन्तर्गतका कम्पनी छन् । जलविद्युत् कम्पनीमध्ये प्रायःले स्थानीय र बाँकीले सर्वसाधारणका लागि शेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ ।
आवेदन दिएका जलविद्युत् समूहका कम्पनीमध्ये सान्जेन जलविद्युत, सुपरमाई हाइड्रोपावर, सिकलेम्स हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, थ्रि स्टार, रिभर फल्स, अपर हेवाखोला, डोर्दि खोला, सयपत्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर लिमिटेड, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, हिमालयन हाइड्रोपावर लिमिटेड, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि गरेर दुवैखाले शेयर निष्कासन गर्नेछन् ।
जलविद्युत्बाहेक अन्य ६ कम्पनीमा उपकार लघुवित्त, राष्ट्रिय उत्थान, जल्पा लघुवित्त, नेष्डो लघुवित्त, आर्दश लघुवित्त, सीवाईसी लघुवित्त र डिस मिडिया नेटवर्क छन् । यी कम्पनीले सर्वसाधारणका लागि शेयर निष्कासन अनुमति मागेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार