सहमहामन्त्रीमा विश्वकर्माको उम्मेदवारी घोषणा
सरला बैजु
मंसिर २३, २०७८ बिहिबार २०:५९:३१
२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा मीन विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन् । नेता विश्वकर्माले आज पत्रकार सम्मेलन गरी समावेशी (दलिततर्फ) सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेता विश्वकर्माले कांग्रेसले स्थापनाकालदेखि नै समावेशितालाई जोड दिएको उल्लेख गर्दै दलित समुदायको हकहित र अधिकारका लागि पार्टीमा आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए । “सबै उम्मेदवारको टुङ्गो लाग्न अझै समय लाग्न सक्छ, मैले अहिले आफ्नो उम्मेदवारी घोषणा गरेको हुँ”, उनले भने ।
विश्वकर्मा कांग्रेसको १२औँ र १३औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीसमेत हुन् । कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार