किन घट्याे देउवाको क्रेज ?
यज्ञप्रसाद भट्टराई
मंसिर २३, २०७८ बिहिबार २१:४८:३८
२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको चौधौ महाधिबेशनको समय अब एक हप्ता पनि बाँकी रहेको छैन । अहिले नेपाली कांग्रेसको आगामी नेतृत्व कस्तो हुनुपर्छ देखि को नेतृत्वमा आउनु पर्छ ? भनेर आम कांग्रेस बृत्तमा ब्यापक बहश र छलफल भैरहेको छ । नेपाली कांग्रेसको स्थापनाको लामो ईतिहाँसमा अहिलेको जस्तो खुलेर बहश र छलफल भने यस अघिका तेह्रवटा महाधिबेशनमा हुने गरेको पाईदैन ।
प्रजातान्त्रिक पार्टीमा नेतृत्वका लागि बहश हुनु, प्रतिस्पर्धा हुन र आन्तरिक लोकतान्त्रिक अभ्यासको उपयोग गरेर नेतृत्वको छनौट हुनु आफैमा सुन्दर पक्ष हो । यसले पार्टी भित्र केहि गर्छु भन्ने नेतृत्व र पार्टीमा केहि नगरिकन पदमात्रै हत्याउनेहरुका बिचमा लोकतान्त्रिक बिधिबाट अशल नेतृत्व आउन सक्छ । पार्टीको बिचार र शिद्धान्तलाई शिरोपर गर्दै आम कार्यकर्ताको मनमा बस्न सकेका स्थानीय तथा केन्द्रिय नेताहरुको मुल्यांकन हुने र आम कार्यकर्ताहरुबाट अनुमोदित हुने एकमात्र भरपर्दो समय भनेकै भनेको पार्टीको महाधिबेशन हो ।
बिगतमा मेरो र तेरो यति र उति संख्यामा क्षेत्रीय प्रतिनिधिखेखि महाधिबेशन प्रतिनिधिहरुसम्म छनौट हुने गरेको भागबण्डाको राजनीतिलाई पनि यसपटकको चौधौं महाधिबेशनले पूर्णबिराम लगाई दिएको छ । जो आम कार्यकर्ताका बिचमा घुलमिल भएको छ, जसले बिगतमा जनताको पक्षमा काम गरेको छ र जो देश बिकासको पक्षमा अग्रसर भएर लागेको छ त्यसैलाई प्रतिनिधिमा जिताएर नेपाली कांग्रेसका कृयाशिल सदस्यहरुदेखि क्षेत्रिय प्रतिनिधिहरुसम्मले आप्mनो विवेकपूर्ण निर्णय गरेको देखिन्छ ।
आन्तरिक लोकतान्त्रिक अभ्यासका क्रममा देखिएको गुटगत ध्रुबिकरणलाई समेत क्रियाशिल सदस्यहरु र क्षेत्रिय प्रतिनिधिहरुले तिरस्कार गरिदिएको उदाहरण कांग्रेसको वडा, गाँउ, नगर, प्रदेश, क्षेत्र र जिल्लाहरुको परिणामले देखाई सकेको छ । यसबाट अब नेपाली कांग्रेसमा आर्शिबाद र टिका लगाउने प्रथाको समेत अन्त्य गरिदिएको छ ।
बिगत महाधिबेशनहरुमा अत्यन्तै लोकप्रिय रहेका नेपाली कांग्रेसका बर्तमान सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा भने बिगतको तुलनामा अहिले निक्कै कमजोर र आलोचित बनेको देखिन्छ । नेपाली कांग्रेसको तेह्रौ महाधिबेशनमा अत्यधिक मतका साथ नेपाली कांग्रेसको सभापति बनेका देउवालाई अहिले नेपाली कांग्रेसकै नेता तथा कार्यकर्ताहरुले हेर्ने नजरमा ब्यापक फेरबदल आएको देखिएको छ ।
पार्टीको नेतृत्व सम्हालेदेखि झण्डै ६ बर्षको लामो समयाबधिमा सभापति देउवाले देश र जनताको पक्षमा के र कस्ता राम्रा कामहरु गरे होलान ? भनेर पछाडि फर्किएर हेर्दा उनले गरेका राम्रा कामहरु भन्दा पार्टी अन्य प्रतिपक्षि पार्टीहरुलाई बढी सहयोग पुग्ने र प्रतिपक्षि दलहरुको स्वार्थ पूर्ति गर्ने खालका काममा मात्रै बढी सक्रिय भएको देखिन्छ ।
प्रतिपक्षी दलहरुको एजेण्डामा पार्टीलाई समाहित गराएर बिपक्षि दलहरुलाई कतदान गर्न बाध्य पार्ने मात्र हैन लोकतन्त्रको धज्जी उडाउँदै मतपत्र च्यात्न समेत उनकै नेतृत्वमा बाध्य पारिनुले पनि उनको शाख बिग्रिएको राजनीतिक बिश्लेषकहरु बताउँछन् ।
देश र जनताको पक्षमा राम्रा र उदाहरणीय कामहरु गरेको भए वास्तवमा कांग्रेस सभापति देउवा यत्ति धेरै आफ्नाे पार्टी र आफ्नै साथिहरुबाट आलोचित हुनुपर्ने थिएन । केवल परिवार र पैसाको वरिपरी परिरहने देउवा प्रबृत्तिले बिगतमा उनले बनाएको उच्च छबि र पाएको न्यानो मायामा ह्रास मात्र ल्याएन राजनीतिक ईतिहाँसको उत्तराद्धमा उनलाई ज्यादै आलोचित समेत बनाएको छ ।
कम्युनिष्ट सरकारको बिगगिी भएका बेला र कांग्रेस पार्टी प्रतिपक्षमा रहेको बेला समेत देउवामा शशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेको आभाष समेत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले गर्न पाएनन । कांग्रेस सरकारमा रहेको बेला अहिले पनि नेपाली जनताले राहत महशुष गर्ने कुनै कामहरु गर्न सकिरहेको अवस्था छैन । यसले पनि देउवालाई पुनः पटक पटक पार्टीको नेतृत्व तहमा ल्याउन नचाहनेहरुको संख्या समेत दिनानुदिन बढदै गैरहेको देखिन्छ र
बेला बेलाका देउवाका भद्दा मजाक र गैर जिम्मेबारी अभिब्यक्तिहरु पनि आम कांग्रेस कार्यकर्ताहरुले पचाउन नसक्ने खालका देखिए । आफुलाई सर्बोपरि ठान्ने र अरुलाई भुसुना जत्किो पनि नगन्ने हठबादीताका कारण बर्तमान सभापति शेर बहादुर देउवाको क्रेज बिस्तारै घटदै जान थालेको देखिन्छ ।
यसको बिकल्पमा जनताको सुखदुःखमा साथ र सहयोग मात्र हैन भौतिक रुपमा सरिक भएर कांग्रेस नेता डा. शेखर कोईरालाले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको मात्र हैन सिंगो नेपाली जनताको मन जितिरहेको देखिन्छ ।
त्यसैको परिणाम हो अहिले कांग्रेसको नेतृत्वमा डा. शेखर कोईरालाको एकल माग स्वतष्फुर्त रुपमा जोडदारका साथ उठिरहेको छ । यसले नेपाली कांग्रेसको चौधौं महाधिबेशनबाट नेपाली कांग्रेसमा नयाँ नेतृत्व आउन सक्ने अवस्था बढदै गैरहेको देखिन्छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपलोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार