१० माघ २०७८, सोमबार

सिभिल बैंकले मंसिर २४ गतेदेखि ऋणपत्र निष्कासन गर्दै, ब्याज कति ?

प्रकाशित मिति :  २३ मंसिर २०७८, बिहीबार १६:१९


२३ मंसिर, काठमाडौं । सिभिल बैंक लिमिटेडले मंसिर २४ गतेदेखि निष्कासन गर्ने भएको छ । बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको हो ।

कम्पनीले कुल ३० लाख कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्ने र बाँकी रहेको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गरिने बताएको छ ।

सर्वसाधारणलाई निष्कासन गरेको १२ लाख कित्ता ऋणपत्रमध्ये ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी रहेको ११ लाख ४० हजार कित्ता ऋणपत्रमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।

ऋणपत्र निष्कासन बन्द मिति छिटोमा मंसिर २८ गतेसम्म रहेको छ । उक्त समय अवधिमा ऋणपत्र विक्री नभएमा आवेदकले पुस ९ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी त्रिपल बि माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औषत रहेको देखाउँछ ।

कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा सिभिल बैंक डिबेञ्चर – २०८८ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । आवेदकले मेरो शेयरबाट पनि उक्त ऋणपत्रमा आवेदन दिन पाउनेछन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा