६ माघ २०७८, बिहीबार

इसेवा मनि ट्रान्स्फरको उपहार योजना, शर्माले जिते होन्डा डिओ स्कुटी

प्रकाशित मिति :  २६ मंसिर २०७८, आईतवार १७:४७


२६ मंसिर, काठमाडौं । इसेवा मनि ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै ल्याएको “चाडपर्वको बहार दिनदिनै उपहार“ योजना अन्तर्गत बम्पर उपहार विजेतालाई ‘होन्डा डिओ स्कुटी’ हस्तान्तरण गरेको छ ।

यस योजना अन्तर्गत, विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पैसा पठाएका हजारौं मध्ये गोलाप्रथाद्वारा स्विडेनमा बसोबास गर्दै आएका ‘पूर्ण प्रसाद शर्मा’ विजेता घोषणा भएका छन् ।

शर्माले रेमिट्लीबाट इसेवामनी ट्रान्सफर मार्फत नेपालमा पैसा सिधै बैंक डिपोजिट गरेको उपहार चाहिँ, विजेता स्वयम् स्विडेन मै रहेकाले उनका प्रतिनिधीले लिएका थिए ।

विजेताका प्रतिनिधिलाई साँचो हस्तान्तरण इसेवामनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेस कोइरालाले गरेका थिए । असोज २ गतेबाट सुरु भएर मंसिर २ मा समापन भएको ‘चाडपर्वको बहार दिनदिनै उपहार’ योजनामा, बम्पर उपहार ‘होन्डा डिओ स्कुटी“ का अलावा मासिक विजेतालाई ४३ इन्चको टेलिभिजन, साप्ताहिक विजेतालाई रेफ्रिजरेटर र दैनिक विजेतालाई मिक्सरग्राइण्डर प्रदान गरेका थिए ।

हाल इसेवामनी ट्रान्सफरको सेवा, २६ अन्तराष्ट्रिय पार्टनरको माध्यमबाट संसारका २०० बढी मुलुकमा पुगिसकेको हुनाले योजनामा उल्लेखनिय सहभागिता देखिएको थियो। इसेवामनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवावालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामाविपे्रषण रकम भित्राउँदै आएको छ ।

इसेवा मनि ट्रानसफरले आफ्ना सेवा ग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि वपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवामनि ट्रान्सफर, देशभरका एक करोड दशलाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी भएको बताइएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा