६ माघ २०७८, बिहीबार

डीजीटल सेवामा उत्कृष्ठ बन्दै एनसीएचएलले पायो पुरस्कार

प्रकाशित मिति :  ५ पुष २०७८, सोमबार १०:५०


५ पुस, काठमाडौं । डीजीटल सेवामा उत्कृष्ठ काम गरेवापत नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सम्मानित भएको छ । Living with ICT द्वारा बार्षिक रुपमा आयोजना गरिदै आएको ICT Awards 2021अन्तर्गत “Digital Services ICT Awards 2021” को विधामा यस वर्ष एनसीएचएल सम्मानीत भएको हो ।

पौष २ गते आयोजन गरिएको उक्त अवार्ड समारोहमा १२ वटा विधा रहेकोमा आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृष्ट व्यक्तित्व, संस्था एवम् प्रोडक्टलाई अवार्ड प्रदान गरिएको हो । डिजिटल रुपान्तरणका लागि प्रमुख भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरु स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पुर्याउँदै आएका महत्वपूर्ण योगदानहरुको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरिएको हो ।

भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग (NCHL-ECC), अन्तर्बैंक विद्युतीय भुक्तानी (NCHL-IPS), connectIPS e-Payment, connectRTGS, National Payments Interface (NPI) र CORPORATEPAY लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरी डिजिटल पेमेन्टको सेवा पु¥याउदै आएको छ । एनसीएचएलले आर्थिक वर्ष २०७७÷७८ मा १३० खर्ब बराबरको विद्युतीय कारोबार फर्छ्यौट गरेको थियो भने यस आर्थिक वर्षको मंसिर मसान्तसम्म ६५ खर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ जनाएको छ ।

जस अन्तर्गत नेपाल सरकारको विभिन्न निकायहरु, संस्थानहरु, पुँजी बजार, बीमा, रेमिटेन्स, ठूला संस्थाहरु लगायतका विभिन्न रिटेल भुक्तानीका कारोबारहरुलाई सहजीकरण गर्दै आएको छ । हालै विद्युतिय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतिय भुक्तानीका माध्यम बीच अन्तरआबद्धता कायम गर्दै नेपाल भित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्ड समेत प्रयोगमा ल्याउन एनसीएचएलले नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन समेत थालनी गरेको छ ।

Digital Services ICT Awards 2021 ले एनसीएचएललाई आफूले गर्दै आएका काम प्रति थप जिम्मेवारी बोध गराएको छ भने उक्त कार्यलाई निरन्तरता दिन र नयाँ इनोभेटिभ प्रोडक्टहरुको विस्तार गर्न थप प्रोत्साहित गरेको छ ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?