खिचरा महोत्सव यसवर्ष पुस ३० गतेबाट हुने
नेपालबहस संवाददाता
पुस ७, २०७८ बुधबार २१:२३:२१
७ पुस, चितवन । थारु समुदायको कला संस्कृतिलाई संरक्षण गर्न प्रत्येक वर्ष आयोजना गरिँदै आएको खिचरा महोत्सव यसवर्ष पुस ३० गतेबाट हुने भएको छ ।
खैरहनीस्थित गौचरनमा महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सव आगामी माघ १० गतेसम्म चल्ने छ । महोत्सवको तयारी भइरहेको आयोजक थारु कल्याणकारिणीसभा क्षेत्र नं ७ ले जनाएको छ ।
“राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति भाषा संस्कृति नेपालको पहिचान” भन्ने मूलनाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो । आठौँ खिचरा महोत्सवमा यस पटक स्थानीय थारु संस्कृतिको पहिचानलाई थप उजागर गर्ने तथा नयाँ पुस्तालाईसमेत मौलिक कला संस्कृति संरक्षणमा अग्रसर गराउने थारु कल्याणकारिणीसभा क्षेत्र नं ७ का सभापित चुडामणि चौधरी बताए ।
महोत्सवको मुख्य आकर्षणको रुपमा थारु समुदायको मौलिक खाना चिचर, पोका, घुँगी, माछा, हाँसलगायत विभिन्न परिकार रहनेछन् । कोभिडका कारण गतवर्ष रोकिएको महोत्सव यसवर्ष हुन लागेको हो । यसैबिच महोत्सव सम्पन्न गर्न चुडामणि चौधरीको संयोजकत्वमा ११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
समितिको आर्थिक संयोजकमा जीतबहादुर चौधरी, स्टल, मञ्च, कृषि, शौचालय तथा गेट व्यवस्थापनमा रामचन्द्र चौधरी, टिकट सचिवालयमा दिपनारायण राउत, सांस्कृतिक, झाँकी, कलाकार तथा शोभा ¥याली व्यवस्थापनमा विक्रम चौधरी, पार्किङ तथा खेलकूद व्यवस्थापनमा सानु चौधरी, खानेपानी तथा विद्युत् व्यवस्थापनमा विष्णु चौधरी, सुरक्षा तथा स्वयम्सेवक व्यवस्थापनमा सरोज चौधरी, आन्तरिक पर्यटन तथा यातायात व्यवस्थापनमा रामेश्वर चौधरी, प्रचारप्रसार विभाग प्रमुखमा जीतेन्द्र चौधरी र छपाई तथा मसलन्द व्यवस्थापनमा छन्नु चौधरी रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
महोत्सवका मुख्य आकर्षण आदिवासी जनजातिका घर
चैत १४, २०८० बुधबार
शुक्लाफाँटा पर्यटन महोत्सव हुने
चैत ५, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार