६ माघ २०७८, बिहीबार

सेन्ट्रल फाइनान्सलाई लाभांश वितरण गर्न राष्ट्र बैंकले दियो अनुमति

प्रकाशित मिति :  ९ पुष २०७८, शुक्रबार १२:५६


९ पुस, काठमाडौं । सेन्ट्रल फाइनान्सले लगानीकर्तालाई लाभांश वितरण गर्न नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ । फाइनान्सले सेयरधनीलाई ७.७ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद दिन लागेको हो ।

राष्ट्र बैंकको स्वीकृति पाएकाले अब वार्षिक साधारण सभामा लाभांश अनुमोदनका लागि पेश हुनेछ । सभाले पारित गरेपछि मात्र वितरण प्रक्रिया अघि बढ्नेछ ।

कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ७.७ प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसर्थ, कम्पनीले ६ करोड ७८ लाख ३९ हजार रुपैयाँ बराबरको रकम बोनस शेयर बाँड्नेछ । यस्तै, नगदमा २ करोड ९० लाख ७४ हजार रुपैयाँ खर्च गर्नेछ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा