नेपाली कामदारलाई सेसेल्समा रोजगारीको अवसर
नेपालबहस संवाददाता
पुस ११, २०७८ आइतबार २२:५०:२६
११ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि गणतन्त्र सेसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले आज शिष्टाचार भेट गरेका छन् ।
श्रम मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल–सेसेल्सको सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको थियो ।
साथै उनीहरूबीच नेपाली कामदारलाई सेसेल्समा रोजगारी उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकारसमक्ष प्रस्तुत श्रम सम्झौताबारे पनि छलफल भएको थियो । मन्त्री श्रेष्ठले जेल सुरक्षाको लागि मात्र नभई प्रहरी सेवा र निजी क्षेत्रमा पनि अवसर दिने विषयलाई समेटेर द्विपक्षीय श्रम समझदारी गर्नुपर्नेमा जोड दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
कामदार छनोट, रोजगारी र स्वदेश फिर्तीलगायत विषयमा दुवै देशका उच्च पदाधिकारी सम्मिलित संयुक्त समिति गठन गरी टुङ्गो लगाउन उपयुक्त हुने धारणा उनले राजदूतसमक्ष व्यक्त गरेका थिए ।
सेसेल्स सरकारले सुरक्षागार्ड बाहेक अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजान चाहेको जानकारी दिँदै राजदूत पिल्लेल खुला र उदार अर्थव्यवस्था भएको सेसेल्स नेपाली कामदारका लागि आकर्षक गन्तव्य हुनुसक्ने बताउँदै सेसेल्स जान श्रमिकले आर्थिक लगानी गर्नु नपर्ने जानकारी दिएका थिए । उनले मन्त्री श्रेष्ठलाई सेसेल्स भ्रमणका निम्ति आमन्त्रण पनि गरेको मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएप्पलले आगामी ३ वर्षमा भारतमा ५ लाखलाई रोजगारी दिने
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार