६ माघ २०७८, बिहीबार

क्लियरिङ हाउसमा जनरल इन्स्योरेन्सको भुक्तानी प्रणाली आबद्ध

प्रकाशित मिति :  २१ पुष २०७८, बुधबार १७:२४


२१ पुस, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालक्लियरिङ हाउसको भुक्तानी प्रणालीमा आबद्ध भएको छ । दुई कम्पनीबीच क्लियरिङ हाउसको डिजिटल माध्यमबाट भुक्तानी गर्ने सम्झौता भएको हो ।

सम्झौता पत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरे ।

सम्झौतापछि जनरल इन्स्योरेन्सले क्लियरिङ हाउसको नेशनल पेमेन्ट स्वीच ९एनपीआई० मार्फत कारोबार गर्न सक्छ । यससँगै इन्स्यारेन्सले क्लियरिङ हाउसको आन्तरिक भुक्तानी प्रणाली आईपीएस, कनेक्ट आईपीएसमार्फत दाबी भुक्तानी गर्न सक्नेछ । यस्तै, एजेन्ट कमिसन, सर्भे, पेमेन्ट, तलब, भेण्डर भुक्तानी लगायतका कारोबार समेत क्लियरिङ हाउसका माध्यमबाट गर्न सक्छ ।

जनरल इन्स्योरेन्स लगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमाकम्पनीकाबीमितहरुले आफ्नो बीमा प्रिमियम शूल्क अनलाइनमार्फत कनेक्ट आईपीएसबाट भुक्तानी गर्दै आएका छन् । साथै ८ जीवन तथा निर्जीवन बीमा कम्पनीहरु यस अघि नै आबद्ध भइसकेको कम्पनीले बताएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा