देउवाको भारत भ्रमण र विद्यमान भारतप्रतिकाे भ्रम
इन्द्र रिजाल
पुस २२, २०७८ बिहिबार १८:५:१४
सानो भ्रमण–टोली लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले पुस २५ गतेदेखि भारतको तीनदिने भ्रमण गर्दैछन् । यो भ्रमण राजधानी नयाँदिल्लीको सट्टा गुजरात राज्यको राजधानी अहमदावादमा केन्द्रित हुनेछ, जहाँ उनका भारतीय समकक्षी नरेन्द्र मोदी भेट र वार्ताको लागि तयार रहने छन् ।
त्यहाँ हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनलाई प्रधानमन्त्री देउवाले पुस २६ गते सम्बोधन गर्ने तथा उसै दिन भारतीय समकक्षी मोदीसहित भारतीय उच्च अधिकारीहरूसँग औपचारिक वार्ता र केही निर्णय गर्ने कार्यक्रम छ । प्र.म. मोदीले विदेशी राष्ट्रप्रमुख, सरकारप्रमुख एवं प्रतिनिधिमण्डलका लागि आयोजना गर्ने स्वागत समारोहमा पनि देउवा सहभागी हुनेछन् ।
औपचारिक वार्ताका विषयवस्तुमा प्रधानमन्त्री देउवाले नेपाल–भारत सीमा समस्या, दार्चुला जिल्लास्थित महाकाली नदीको उद्गम (कालापानी, लिपुलेक, लिम्पियाधुरा) सेरोफेरोलाई आफ्नो भनी अनधिकृत दावी गरेकोमा साझा समस्याको संयुक्त समाधानको खोजी, विगतका सम्झौताहरूको कार्यान्वयन, कोरोना महामारी र लकडाउनपछि आर्थिक पनुर्स्थापनाकाे दिशामा भारतीय सहयोग, नेपालमा भारतीय लगानी बृद्धि, ऊर्जा, डुबान आदि समस्याबारे छलफल गर्ने एजेन्डामा परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको छ । भारतले नेपाललाई केही परियोजना दिनेबारे पनि दुईपक्षीय सम्झौता हुने सम्भावना छ ।
तर, त्यो काम अहिलेसम्म सम्पन्न भएको छैन । सायद यस भ्रमणमा पञ्चेश्वरबारे कुरा उठ्न सक्छ । नेपाललाई पर्दै आएको चर्को व्पापारघाटाको मार नियन्त्रण गर्ने उपायको बारेमा पनि नेपालले भारतसमक्ष खुलस्त र जोडदार रुपमा कुरा राख्न सक्नुपर्छ भन्ने नेपाली आमजनमत रहेको छ ।
छब्बीस वर्षको अवधिमा ३१ वटा बैठक बस्दा पनि नेपाल–भारतबीच विद्यमान सीमा मुद्दा हल हुनसकेको छैन । दुई वर्षअघि नेपाल–भारत सम्बन्धमा असर पुर्याएको कालापानी क्षेत्रको लामो सीमा विवादमा यस भ्रमणलाई समाधान खोज्ने अवसरको रुपमा लिन विज्ञहरूको सुझाव छ । २०७६ सालमा भारतले कश्मीरको विशेष हैसियत समाप्त पार्दै आफ्नो नक्सालाई अद्यावधिक गरेपछि वर्षौंदेखि कचल्टिएर रहिरहेको कालापानी क्षेत्रको सीमा विवाद पुनः बिउँतिएको थियो । विगतमा नेपाल र भारतका संयुक्त संयन्त्रमार्फत दुई मुलुकका सीमा समस्या समाधान गर्ने प्रयासको थालनी भएको तर कालापानी र सुस्ताजस्ता लामो समयदेखिका विवाद समाधान गर्न विफल भए ।
यसअघि प्रधानमन्त्री देउवाले २०७४ भदौ ७ देखि ११ सम्म प्रधानमन्त्रीका रूपमा भारतको औपचारिक भ्रमणको क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर एक महिनाभित्र टुंग्याउन दुवै प्रधानमन्त्रीले सम्बन्धित अधिकारीलाई निर्देशन दिएका थिए । तर, त्यो काम अहिलेसम्म सम्पन्न भएको छैन । सायद यस भ्रमणमा पञ्चेश्वरबारे कुरा उठ्न सक्छ । नेपाललाई पर्दै आएको चर्को व्पापारघाटाको मार नियन्त्रण गर्ने उपायको बारेमा पनि नेपालले भारतसमक्ष खुलस्त र जोडदार रुपमा कुरा राख्न सक्नुपर्छ भन्ने नेपाली आमजनमत रहेको छ ।
यसले गर्दा भारतले ‘नेपाल चीनको उक्साहटमा बहकियो’ भन्दै एक वर्षभन्दा बढी अवधि नेपाल–भारत सम्बन्धमा चिसोपन पैदा भयो । भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवणेले चीनको उक्साहटमा लागेको आरोप लगाएका थिए ।
भारत र चीनले नेपालसहित सीमाबिन्दुको छेउछाउमा पर्ने लिपुलेक नाका हुँदै व्यापारिक मार्ग निर्माण गर्ने लिखित सहमति गरेपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले टेलिफोनबाट भारतीय प्रधानमन्त्रीसमक्ष असन्तुष्टि जनाउनु भएको थियो । लिपुलेक नाकाबारे चीनको स्वार्थ छ, यहाँबाट चीनको लागि भारतीय राजधानी सबभन्दा नजिक पर्छ वा चीनबाट छिटो दिल्ली पुगिन्छ । चीनबाट भारी मेशिनरीहरू भारत पठाउने प्रयोजनको लागि यो नाका चीनले उपयोग गर्ने स्वार्थ बोकिएको छ ।
अर्को स्वार्थ छ, भारत–चीन बीच साविकका सैन्य वा सामरिक नाकालाई दुवै मुलुकको आर्थिक उन्नतिका आधार एवं व्यापारिक नाकामा रुपान्तरण तथा विकसित गर्ने । यो सहमतिको प्रत्यक्ष असर नेपालको भौगोलिक अखण्डतामा पर्न गयो । लिपुलेकको आधिकारिक हैसियतबारे चीन र भारतले लिएको गलत नीतिलाई सच्याउनुपर्छ भन्ने नेपालको आवाज हो ।
वार्ताद्वारा सीमा विवादको समाधान गर्न नेपालले भारतसमक्ष पत्राचार गरेको तर भारतले कोरोना महामारीलाई बहाना बनाएर तत्काल बैठक आयोजना गर्न असम्भव भएको जनाएको थियो । त्यसपछि नेपालले संसदको सर्वसम्मतिद्वारा संविधान संशोधन गर्दै कालापानीसहित लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्यो । यसले गर्दा भारतले ‘नेपाल चीनको उक्साहटमा बहकियो’ भन्दै एक वर्षभन्दा बढी अवधि नेपाल–भारत सम्बन्धमा चिसोपन पैदा भयो । भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवणेले चीनको उक्साहटमा लागेको आरोप लगाएका थिए ।
छिमेकी मुलुकमध्ये प्रधानमन्त्रीस्तरमा मोदीले देउवालाई मात्रै निमन्त्रणा गरेको जानकारीमा आएको छ । यस सम्मेलनमा जर्मनी, फ्रान्स, इटली, क्यानाडा, अस्ट्रेलिया, जापान, रसिया, बेलायत, युएई, इजरायल, सिंगापुर, स्वेडेन, दक्षिण कोरिया, डेनमार्क र फिनल्यान्ड गरी २६ मुलुकका उच्च प्रतिनिधिहरू सहभागी हुनेछन् ।
भ्रमणकी सहजकर्ता देउवा–पत्नी !
प्रधानमन्त्री देउवाको भ्रमणभन्दा केही दिनअघि उनकी पत्नी (नेपाली कांग्रेस केन्द्रीय सदस्य) डा. आरजु राणा देउवाले दिल्लीमा करिब एक हप्तादेखि अपरेशन र उपचार गराईरहेका आफ्ना बैंकर भाई भुषण राणालाई हेर्न जाने बहाना मिलाएर गत आइतबार (पुस १८ गते) मोदीका निकटतम् नेता, सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरिन् । देउवा दम्पत्ती यो भ्रमणलाई उपलब्धिमूलक बनाएर आगामी स्थानीय निर्वाचनमा त्यसको प्रभाव लिनेमा प्रयत्नरत देखिएका छन् ।
भाईब्रान्ट (जीवन्त) गुजरात के हो ?
‘भाइब्रेन्ट गुजरात’ भारतको गुजरात राज्य सरकारद्वारा हरेक दुई वर्षमा आयोजना हुने लगानीकर्ताहरूको अन्तर्राष्ट्रिय सम्मेलन हो । यस सम्मेलनको मूख्य उद्देश्य व्यापारिक नेताहरू, लगानीकर्ताहरू, कम्पनीहरू, विचारक वा बुद्धिजीवीहरू, नीति तथा योजना निर्माताहरूलाई एकैठाउँमा भेला गराएर सम्मेलनद्वारा उद्योग–व्यापार एवं अन्य व्यवसायका अवसर खोज्ने वा आकर्षित गर्ने एक मञ्चको रूपमा आयोजन हुँदै आएको छ । भारतीय प्रधानमन्त्री मोदी गुजरातका मूख्यमन्त्री भएदेखि सन् २००३ (वि.स. २०६०) मा यसप्रकारको पहिलो सम्मेलन हुँदै अब दशौं सम्मेलन हुनलागेको छ ।
प्रधानमन्त्री देउवासहित आधा दर्जन राष्ट्रप्रमुख र सरकार प्रमुख भाईब्रान्ट गुजरात सम्मेलनमा सहभागी हुनेछन् । दक्षिण एशियाली मुलुकमध्ये नेपालमात्र यो सम्मेलनमा सहभागी हुँदैछ । छिमेकी मुलुकमध्ये प्रधानमन्त्रीस्तरमा मोदीले देउवालाई मात्रै निमन्त्रणा गरेको जानकारीमा आएको छ । यस सम्मेलनमा जर्मनी, फ्रान्स, इटली, क्यानाडा, अस्ट्रेलिया, जापान, रसिया, बेलायत, युएई, इजरायल, सिंगापुर, स्वेडेन, दक्षिण कोरिया, डेनमार्क र फिनल्यान्ड गरी २६ मुलुकका उच्च प्रतिनिधिहरू सहभागी हुनेछन् ।
प्रधानमन्त्री देउवासहित मोजाम्बिकका राष्ट्रपति फिलिप जासिन्टो न्युसी, रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिन, मरिससका प्रधानमन्त्री प्रविन्द जुगनाउथ, स्लोभेनियाका प्रधानमन्त्री जानेज जान्साले आ–आफ्ना प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । भ्रमणको कार्यक्रम सकिएपछि प्रधानमन्त्री देउवा दम्पत्ती गुजरातमै पर्ने हिन्दूधर्मको एक महत्वपूर्ण तीर्थस्थल सोमनाथको दर्शन तथा पूजामा सरिक हुनेछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
कम्बोडियालाई पराजित गर्दै युएई सेमिफाइनलमा
बैशाख ५, २०८१ बुधबार
कांग्रेसले सघाउने भनेपछि हच्किएर एमालेले सोडारीलाई दियो समर्थन, मुख्यमन्त्रीमा दाबी पेश
बैशाख ६, २०८१ बिहिबार
एमालेले समर्थन दिएपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी
बैशाख ६, २०८१ बिहिबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
पर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
बैशाख ६, २०८१ बिहिबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’ [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार