६ माघ २०७८, बिहीबार

एनआरएनएको ८१ औं बैठक आगामी साता बस्ने

प्रकाशित मिति :  २३ पुष २०७८, शुक्रबार ०८:१३


२३ पुस, लण्डन । गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ को ८१ औं बैठक आगामी साता बस्ने भएको छ । संघका महासचिव डा. हेमराज शर्माका अनुसार सो बैठक जनवरी १५ का दिन नेपालको समय अनुसार दिउँसो दुई बजे बस्ने गरि डाकिएको हो ।

बैठकमा आगामी दशौं महाधिवेशन र संघको निर्वाचन प्रमुख एजेण्डा लगायतका विषयमा छलफल हुने बताएको छ । संघको महाधिवेशनमा प्रतिनिधि छनौटको विषय प्रमुख रुपमा विवादित हुँदा निर्वाचन र महाधिवेशन लामोसमयदेखि रोकिएको छ ।

केन्द्रीय समितिको बैठक अगावै निर्वाचन सम्बन्धी तालिका प्रकाशन गर्ने तयारी गरिएको छ । महाधिवेशन प्रतिनिधि विवाद सल्टाउन अध्यक्षका प्रत्यासी डा. बद्री केसी, रविना थापा र कुल आचार्यबीच पटकपटक औपचारिक र अनौपचारिक बैठकहरु सम्पन्न भएका छन् ।

संघका अध्यक्ष कुमार पन्तद्धारा विवाद मिलाउन गठित एक उपसमितिभित्र केन्द्रीय प्रतिनिधि विवादमा सहमति जुटेको दावी गरिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?