अजोड इन्स्योरेन्स ‘एनपीआई’मा आबद्ध
नेपालबहस संवाददाता
पुस २३, २०७८ शुक्रबार १९:७:४२
२३ पुस, काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पश्चात अजोड इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (NPS) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (NPI) सँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ, भने यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई NCHL-IPS / connectIPS प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ ।
यसले अजोड इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि मद्दत पुर्याउने छ । यी सबै कारोबारहरु सोझै बीमा कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।
यसरी NPI मा जोडिए पछि अजोड इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाबमिलान गर्न पनि सजिलो हुने छ । NPI सँग गरिने उक्त इन्टिग्रेसनमा अजोड इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्स प्रा. लि.को पनि महत्वपूर्ण भूमिका रहेको छ जसले अजोड इन्स्योरेन्स लगायत १८ भन्दा बढी निर्जीवन बीमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।
अजोड इन्स्योरेन्स लगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनीका बीमितहरुले आफ्नो बीमाप्रिमियम शूल्क अनलाइन मार्फत connectIPS बाट भुक्तानी गर्दै आएका छन् ।
साथै १० जीवन तथा निर्जीवनबीमा कम्पनीहरु यस अघि नै ल्एक्ष् मा आबद्ध रहेका छन् । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरीएको NPI सञ्चालनमा रहेको छ जसमा हाल ६० सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/ पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ७१ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।
अजोड इन्स्योरेन्स लिमिटेडले सन् २०१८ जुलाई ५ देखि आफ्नो सेवा प्रदान गर्दै आएको छ । कम्पनीलाई वाणिज्य बैंक, बैंकरहरू र उच्च ख्यातिप्राप्त उद्योगी तथा व्यवसायीहरूद्वारा प्रवद्र्धित र समर्थन गरिएको छ । यस कम्पनीले जहिले पनि बढ्दो बजारलाई आत्मसात गर्न र आफ्ना ग्राहकहरूलाई गुणस्तर, स्थिरता, विशेषज्ञता सेवा प्रदान गरी उच्चतम स्तरमा अगाडि बढ्ने दिशामा केन्द्रित छ ।
एनसीएचएलसँगको यो साझेदारीले विभिन्न डिजिटल च्यानलहरू मार्फत प्रदान गरिने बीमा उत्पादनहरूमा आफ्नो उपस्थिति विस्तार
गर्न मद्दत गर्ने विश्वास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
बीमा अभिकर्ताको तालिम सम्पन्न, सहभागीको उत्साहजनक सहभागिता
चैत १८, २०८० आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार