६ माघ २०७८, बिहीबार

‘सहकारीको ब्याजदर बढ्दैन बरु घट्छ’

प्रकाशित मिति :  २३ पुष २०७८, शुक्रबार १४:३१


२३ पुस, काठमाडौं । सहकारीको हाल कायम ब्याजदर नबढाउने भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बताइन् ।

शुक्रबार नेपाल सहकारी पत्रकार समाजको ११औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले सो बताएकी हुन् ।

ब्याजदर कुनै पनि बहानामा नबढ्ने बरू घटाइन मन्त्री श्रेष्ठ स्पष्ट पारिन् । उनले सहकारीको ब्याज बढ्न जान्ने तर घट्न नजान्ने हुँदा यसलाइ बढाउनु नहुने बताइन् ।

जिडिपीमा करीव ५ प्रतिशतको योगदान रहेको सहकारी जसका लागि चाहिएको हो उनीहरूको मर्म बुझेर व्याजदर तोक्नु पर्ने मन्त्री श्रेष्ठको भनाइ छ । ‘सहकारी कसका लागि चाहिएको हो ।

तिनिहरुको मर्म बुझेर व्याजदर तोक्नु पर्छ ।’ मन्त्री श्रेष्ठले भनिन् , ‘सहकारी अभियान रोजगारी र उत्पादन क्षेत्रमा नभई बचत तथा ऋणमा गयो। सहकारी वित्तीय शुसाशनमा कमजोर आम नागरिकको विश्वास घट्दै गयो । बचतकर्ताको गुनासो र केही गलत घटनाले क्षेत्रकै बदनाम भएको छ, यसमा सचेत हुनै पर्छ ।’

सहकारी गरिबी निवारणमा महत्त्वपूर्ण हुन सक्छ भन्दै मन्त्री श्रेष्ठले भनिन्, ‘यहाँ थुप्रै खालका समस्या छन् । यो समस्या नितिमा कि नियतमा यो पहिल्याउनु पर्छ। सहकारी क्षेत्रको गलत नियतले नागरिकको विश्वास घट्दै गएको छ । सहकारीहरुको तथ्यांक उपलब्ध गराउन मेरो पहल हुनेछ ।नयाँ सहकारी दर्ता रोक्नु पर्छ । यसका लागि के गर्नुपर्छ । एउटै घरमा धेरै साइन बोर्ड झुन्ड्याउनु हुन्न।’

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा