६ माघ २०७८, बिहीबार

महुली लघुवित्तको सभाले पारित गर्यो लाभांशसहित एफपीओ निष्कासन गर्ने प्रस्ताव

प्रकाशित मिति :  २५ पुष २०७८, आईतवार १४:५४


२५ पुस, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सभा शनिवार कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासवरण -६ मुहली, सप्तरीमा सम्पन्न भएको हो । सभाले २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्नुका साथै आव २०७८/७९ को लागि लेखापरिक्षको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले प्रिमियममा एफपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

सभाले अर्को उपयुक्त वित्तीय संस्थालाई गाभ्ने गाभिने अथवा अन्य कुनै कम्पनीसँग गाभिने प्रयोजनको लागि आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा