६ माघ २०७८, बिहीबार

निर्धन उत्थान लघुवित्तको सभाले पारित गर्यो ३१.०५ प्रतिशत लाभांश

प्रकाशित मिति :  २६ पुष २०७८, सोमबार १२:५३


२६ पुस, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २३औं वार्षिक सभाले लाभांश पारित गरेको छ । कम्पनीको

सभा आइतवार कम्पनीको केन्द्रिय कार्यालय नक्साल भगवती काठमाडौंमा सम्पन्न भएको हो । सभाले २९ दशमलव ५ प्रतिशत बोनस शेयर र १ दशमलव ५५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले साधारण सभा र लाभांश प्रयोजनको लागि पुस १३ गतेदेखि २५ गतेसम्म बुक क्लोज गरेको थियो । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा