एनआरएनएको निर्वाचन गर्न बाटो खुल्यो
नेपालबहस संवाददाता
पुस २६, २०७८ सोमबार २०:१९:५७
२६ पुस, लन्डन । लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघको निर्वाचन गर्न बाटो खुलेको छ । १०औं महाधिवेशनको लागि लामो समयसम्म रहेको प्रतिनिधि विवाद साम्य पार्न संघभित्र सहमति जुटेपछि निर्वाचन हुने निश्चित भएको हो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तद्वारा गठित विवाद समाधान उपसमितिले सात बुँदे सहमति गर्दै विवादलाई टुंग्गोमा पुर्याएको हो । सहमति पत्रमा अध्यक्षका प्रत्यासी डा. बद्री केसी, रविना थापा र अर्का प्रत्यासी कुल आचार्यको तर्फबाट समितिका सदस्य डा. यादव पण्डितले हस्ताक्षर गरेका छन् । नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ र एनआरएनए बेल्जियमका पूर्वसभापति गंगाधर गौतमले सहजकर्ताको रुपमा रहेर सो सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
प्राविधिक रुपमा संघका राष्ट्रिय समितिमा रहेरका पूर्वपदाधिकारीहरू, पूर्वअध्यक्षहरू, आईसीसी सदस्यहरूको नाम महाधिवेशन प्रतिनिधिमा छुटेको भए संघको विधि र विधानमा रहेर महाधिवेशन प्रतिनिधिको रुपमा समावेश गर्ने, महाधिवेशन प्रतिनिधिहरूको नाम सहमति भएर आएका देशको नामावली संघभित्र मतदाता नामावलीमा समावेश गर्ने, १५ अगष्टपछि कसैको नाम महाधिवेशन प्रतिनिधि समावेश भएको भए रद्द गर्ने, संघको निर्वाचन सम्पन्न गर्न अनुगमन तथा सुपरिवेक्षण गर्न पाँच सदस्यीय निर्वाचन अनुगमन समिति गठन गर्ने लगायतका विषयमा संघभित्र सहमति जुटेको हो ।
सहमति पत्रमा विवाद मिलाउन गठित उपसमितिका पाँच सदस्यमध्ये चार जनाले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा गौरीराज जोशी, डा। यादव पण्डित, डिबी क्षेत्री र नारायण थापा रहेका छन् । सहमति अनुरुप संघको निर्वाचन ८ र ९ फेब्रुअरी कार्यतालिका तय भएको छ ।
संघको गत अक्टोबरमा हुने भनिएको निर्वाचन मन्त्रालयको हस्तक्षेप पछि रोकिएको थियो । पाटन उच्च अदालतले मन्त्रालयको पत्र खारेज गरिदिए पछि संघको निर्वाचन प्रक्रियाअघि बढेको हो । संघको नयाँ नेतृत्वको लागि संघका उपाध्यक्षद्वय डा. बद्री केसी, रविना थापा र सल्लाहकार कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । संघको केन्द्रीय सदस्यहरूको निर्वाचन राष्ट्रिय समितिमार्फत यसअघिनै सम्पन्न भए पनि क्षेत्रीय पदाधिकारीसहित ५१ पदको लागि निर्वाचन हुन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानुबाबुका ११ गुदी मन्त्र, जसले अमेरिकामा व्यवसाय पूर्व तपाईँका आँखा खोल्छ !
चैत २८, २०८० बुधबार
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता
चैत २६, २०८० सोमबार
सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग
चैत २५, २०८० आइतबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
विमानस्थलबाट सिधै शितल निवास पुगे कतारी राजा
बैशाख ११, २०८१ मंगलबार
सिलाइ मास्टर जीवनका चट्ट परेका कोट
बैशाख ११, २०८१ मंगलबार
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
‘सेन्झाउ–१८’ चालक दल अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार