धनुषामा खोरेत रोगविरुद्धको खोप अभियान तीव्र
नेपालबहस संवाददाता
पुस २६, २०७८ सोमबार २०:२७:१६
♦ अजयकुमार साह
२६ पुस, धनुषा । धनुषामा घरपालुवा जनावर गाईभैँसीमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान अन्तर्गत ६५ हजार गाईभैँसीमा लगाइएको छ ।
धनुषामा खोरेत रोगको संक्रमण फैलिएपछि नियन्त्रणका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाले जिल्लाभरिमा ६५ हजार गाईभैँसीमा निःशुल्क सो खोप दिएको छ । विज्ञ केन्द्रका प्रमुख पशु चिकित्सक इन्द्रदेव साहले गत ७ पुसदेखि सुरु गरिएको अभियानको क्रममा धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित १८ स्थानीय तहको पशु शाखामार्फत खोप दिने काम भएको जानकारी दिए ।
डा. साहले खोरेत रोगको संक्रमणबाट गाईभैँसी मर्न थालेपछि एफएमडि खोप दिइएको बताए । पशुमा महामारीको रूप फैलिएको खोरेत रोगविरुद्धको खोप अभियानपछि अहिले नियन्त्रणमा आएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाले दाबी गरेको छ । यस रोगमा पशुको खुर तथा मुखमा घाउ हुने भएको तर खोप अभियानपछि घाउ निको पनि हुन थालेको बताइएको छ ।
खास गरेर खोरेत लागेपछि खुट्टा तथा मुखमा घाउ भएर कीरा लाग्ने र पशुले खान छोडेर पछि लडेर मृत्यु हुने गर्दछ । पशुमा प्राणघातक रोगको रुपमा रहेको खोरेत छिमेकी जिल्ला सिरहाबाट धनुषामा सरेको डा. साहले बताए ।
चालू आर्थिक वर्ष २०७८/७९मा जिल्लाभरिमा एक लाख ३० हजार चौपायामा खोरेत विरुद्धको खोप लगाउने लक्ष्य लिएको कार्यालयले पहिलो चरणमा ६५ हजार पशुलाई खोप लगाइसकेको तथा खोप अभियान निरन्तर जारी रहेको केन्द्रका प्रमख ईन्द्रदेव साहले जानकारी दिए । उनले बाँकी पशुमा पनि आगामी दुई महिनाभित्रै खोप लगाइसक्ने केन्द्रले जनाएको छ । खोप अभियानमा ३६ खोपकर्तालाई परिचालन गरिएको र उनीहरुले घर–घरमै पुगेर पनि सेवा दिने गरेका छन् । खोप पूर्णतः निःशुल्क रहेको छ ।
पशुपालनका लागि राम्रो सम्भावना भएको धनुषामा चालू आर्थिक वर्षमा पनि सबै पालिकाका पशुको लागि पूर्ण खोप कार्यक्रम सञ्चालनमा रहेको छ । जिल्लाभरिकै सबै गाइभैँसीमा एक चरणको खोप लगाइसकेपछि आगामी जेठ महिनादेखि बुस्टर डोज लगाउने जानकारी दिँदै डा साहले भने, “मौसम अनुकूलता र निर्धारित समय अनुसार चौपायामा खोप लगाउने भएकोले सोही प्रक्रिया अनुसार चिसो सकिएपछि मात्रै दोस्रो चरणको खोप लगाइनेछ ।”
मङ्सिर महिनामा खोरेत रोगकै कारण जिल्लाभरिमा ६५ वटा चौपाया मरेको खोरेत रोगनियन्त्रण प्रयोगशाला काठमाडौंको तथ्याङ्कले देखाएको छ । १५ वटा गाईभैँसी तथा ५० वटा बाच्छबाच्छी खोरेत रोगकै प्रकोपले मरेकोले यो रोग अझै फैलिन नदिन तथा सोको पूर्ण नियन्त्रणको लागि खोप अभियानलाई तीव्रता दिइएको हो ।
खोरेत रोग निक्कै संक्रामक भएकाले रोग लागेको पशुको सम्पर्कमा आएका अन्य पशुमासमेत सर्ने भएकाले रोग लागेको पशु भन्दा रोग नलागेका पशुलाई टाढा राख्नुपर्ने सुझाव पशु चिकित्सकले दिएका छन् ।
विभिन्न सात प्रकारको भाइरसबाट सर्ने खोरेत रोगको धनुषामा ‘ओ’ टाइप भाइरसको सङ्क्रमण फेला परेको बताइएको छ । एक पटक लगाएपछि तीन वर्षसम्म खोप लगाउनु नपर्ने भएकोले खोप अभियानलाई सघाउन किसान आफै पनि संवेनशील भई कुनै पशु नछुट्ने गरी सहयोग गर्नुपर्ने धारणा पशु विज्ञहरुको छ ।
खोरेत लागेको आशङ्का हुने वित्तिक्कै पशुको आवतजावत तथा चरिचरणको लागि बाहिर निस्कन पूर्णतः रोक लगाउनुपर्ने सुझाव पशुविज्ञहरुले दिएका छन् । रोग लाग्ने वित्तिक्कै किसानले पायक पर्ने पशुसेवा कार्यालयमा सम्पर्क गर्न आग्रहसमेत गरिएको छ । त्यसैगरी भेडाबाख्रामा लाग्ने पीपीआर रोगविरुद्धको खोप माघ १ गतेदेखि लगाउन सुरु गरिने जनाइएको छ । केन्द्रले चालू आर्थिक वर्षमा एक लाख ३६ हजार बाख्रामा पीपीआर विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार