सीसीएमसी सहितको सर्वपक्षीय बैठकले मेला बन्द
नेपालबहस संवाददाता
पुस २६, २०७८ मंगलबार १:५४:३१
२६ पुस, चितवन । देवघाटमा लाग्ने माघे सङ्क्रान्तिसहितका जिल्लामा सञ्चालन भइरहेका र हुने तयारीमा रहेका मेला महोत्सव बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन समिति ‘सीसीएमसी’ सहितको सर्वपक्षीय बैठकले मेला महोत्सव बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले भौतिकरूपमा २५ जनाभन्दा बढी उपस्थित भई हुने सबै प्रकारका सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, जात्रा, महोत्सव गर्न रोक लगाउने निर्णय गरेको हो । साथै सञ्चालन भइरहेको चितवन महोत्सवको हकमा पुस २९ गते पूर्णरूपमा बन्द गर्ने गरी दुई दिन व्यवस्थापनका लागि समय उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले मंगलबारदेखि सुरु हुन लागेको रत्ननगर महोत्सवको हकमा केही दिन स्थगित गरेर अवस्था हेर्नका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउने बताए । यसै महिना खैरहनीमा हुन लागेको खिचरा महोत्सवसँगै अन्य महोत्सव पनि पूर्ण बन्द गर्ने बैठकले निर्णय गरेको छ ।
देवघाटमा हुने माघे सङ्क्रान्ति मेलामा देशैभरबाट भक्तजन आउने गर्दछन् । सङ्क्रान्तिको अघिल्लो दिन त्रिशूली र कालीगण्डकी दुई नदीको सङ्गममा लिङ्गो गाडेर मेला शुभारम्भ गरिन्छ । प्रमुख जिल्ला अधिकारी तामाङले तनहुँ र नवलपरासी जिल्लासँग समन्वय गरेर मेला पूर्णरूपमा बन्द गराइने बताए ।
बैठकले खोपलाई अभियानकै रूपमा अगाडि बढाउने, सार्वजनिक स्थानमा निःशुल्क एन्टिजेन परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको छ । सरकारी कार्यालयले जनस्वास्थ्यको मापदण्ड अनिवार्यरूपमा पालना गर्ने सुनिश्चित गरी भीडभाड नहुने गरी सेवा प्रवाह गर्ने निर्णय बैठकले गरेको छ ।
सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी क्षमताका यात्रु नराख्न, यात्रु, चालक र सहचालकले अनिवार्यरूपमा मास्क लगाउन, सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था गर्न र दैनिक सवारीलाई निःसङ्क्रमण गर्न बैठकले निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
लुम्बिनी विकास कोषले देखायो हदैसम्मको लापरवाही, अहिलेसम्म फेरिएन च्यातिएको झण्डा
बैशाख १२, २०८१ बुधबार
बाँकेका विभिन्न सामुदायिक वनमा डढेलो
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
रौतहटमा सवारी दुर्घटनाः १ बर्षमा ४१ को मृत्यु, १७ हजार सवारी कारवाहीमा
बैशाख १३, २०८१ बिहिबार
बारामा करेन्ट लागेर २५ वर्षीय यादवको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
डेम्बेले र एम्बाप्पेको गोलमा पिएसजी विजयी
बैशाख १३, २०८१ बिहिबार
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
बैशाख १३, २०८१ बिहिबार